Naya Media
सोमवार, कार्तिक २४, २०८२
| | November 10, 2025
सोमवार, कार्तिक २४, २०८२

घुस विना हुदैन काम, ३२ कर्मचारी रहेकाे कार्यलयमा २५० जना लेखन्दास

User Photo
बुधबार, माघ ९, २०७५

बिराटनगर । दलालविना काम गर्नेलाइ इन्ट्री गराउन मात्रै घण्टाै लाइनमा पालो पर्खिनु पर्छ । तर सर्वसाधारण लाइनमै बसिरहँदा दलालहरु आउँछन र सहजै काम गरेर र्फकन्छन ।

कम्प्युटरमा इन्ट्री गराउन दलाललाई पनि सहजचाहिँ थिएन । जग्गाधनी पूर्जासँगै पाँचसयको नोट नराखे उनीहरुको काम पनि अल्झिन्थ्याे । रातो फाइल किताबसँगै ५०० पोकाे पारेर कर्मचारीलाई दिएलगत्तै उनीहरुको पालो आउँथ्यो ।

बिराटनगर मालपोतको कम्प्युटर शाखामा तीनजना कर्मचारी छन् । आधुनिक प्रणालीमा गएको मालपोत कार्यालयमा कम्प्युटरमा रजिस्टेशन इन्ट्री गराउँदा थप पैसा लाग्दैन । तर, कार्यालयका कर्मचारीहरु पैसा बिना कसैको काम गर्दैनन् । पैसा नतिर्ने सेवाग्राहीको काम दुई दिनसम्म लम्बिन्छ । सर्बसाधारणको बढी चाप हुने मालपोतमा पाइलैपिच्छे घुस नदिए कामै बन्दैन ।

‘अघिदेखि हेरिरहेको छु, पैसा दिनेहरु पालो मिचेर आउँदा पनि काम भयो, मेरो भएन’ एक जना सेवाग्राहीले भने ‘म आफैं लेखापढी गर्न सक्छु, तर, पैसा नदिँदा कर्मचारीले मेरो काम गर्न मानेनन् ।’

कम्प्युटर शाखाका कर्मचारी प्रतिनिधि पात्र मात्रै हुन् । मालपोतमा दर्ता चलानी बाहेक सबै शाखामा कमिसन नबुझाए कामै बन्दैन ।

जहदा गाउँपालिका-६ का रामनारायण र सूर्यनारायण मण्डलको जग्गा हालसाविक पनि कर्मचारीलाई घुस नखुवाई भएन । उनीहरुले १२ हजार कर बाहेक ३ हजार रुपैयाँ लेखनदास मार्फत कर्मचारीलाई दिनुपर्‍यो ।

मालपोतमा कर्मचारी र सेवाग्राहीवीच कमिसनका लागि विचौलियाहरुले पुलको काम गर्दै आएका छन् ।

मालपोत कार्यालयमा कर्मचारीले १ सय रुपैयाँदेखि २ हजारसम्म घुस लिने गरेका छन् । ‘मोठ कायम गर्ने कर्मचारीले १ सयदेखि माथि घुस लिने गरेका छन् । सेवाग्राहीको सहज पहुँचमा नभएको कार्यालयमा कमिसन नदिई सर्वसाधरणको कुनै काम बन्दैन । ‘फाँटमा पूर्जा बनाउँदा १ सयदेखि ५ सयसम्म लिन्छन्,’ एक लेखापढी व्यवसायी अनलाइनखबरसँग भन्छन् ‘पैसा नदिएसम्म हाम्रो पनि काम बन्दैन ।’

लेखापढी व्यवसायीका अनुसार अनलाइन इन्ट्रीमा ५ सयदेखि २ हजार रुपैयाँसम्म कर्मचारीहरुले अतिरिक्त शुल्क लिने गरेका छन् । त्यसबाहेक तामेली फुकुवा र नक्कल बापत ५ सय रुपैयाँसम्म घुस लिने गरेको लेखन्दासहरुको भनाइ छ ।

अधिकृत भन्छन्- प्रमाणसहित ल्याउनुहोस्, कारवाही हुन्छ

भूमिसुधार तथा मालपोत कार्यालय विराटनगरका मालपोत अधिकृत देवीप्रसाद भट्टराई काम गर्दा सेवाग्राहीबाट कर्मचारीले घुस नलिएको दाबी गर्छन् । ‘सेवा शुल्कबाहेक अतिरिक्त शुल्क लिन पाइन्न’ उनी भन्छन् ‘त्यस्तो देखिए प्रमाणसहित आउनुहोस्, हामी कारवाही गर्छौं ।’

मालपोत कार्यालय अनलाइन माध्ययममा गएका कारण प्राविधिक कारणले बेलाबेला काम गर्न असहज हुने बताउँदै उनले कर्मचारीले कमिसन नलिएको दाबी गरे । मालपोतको सेवा सहज भएको बताउँदै उनले लेखपढी कानुन व्यवसायीविना सर्वसाधारणले सिधै काम गर्न पनि सक्ने बताए ।

कर्मचारी ३२, लेखन्दास २५० 

बिराटनगर महानगरपालिकासहित धनपालथान, बुढीगंगा र ग्रामथान कार्यक्षेत्र रहेको मालपोत कार्यालय बिराटनगरमा ३२ कर्मचारीको दरबन्दी छ । सेवाग्राहीको भीड हुने कार्यालयमा सीसी क्यामेरा जडान गरिएको छैन । सीसी क्यामेरा नहुँदा कर्मचारीहरुलाई कार्यस्थलमै घुस लिन सजिलो भएको छ ।

बिराटनगर मालपोत कार्यालयमा बिचौलियालाई जता जान पनि छुट छ । मालपोतका रजिस्ट्रेशन, मुद्दा, दाखालगायत फाँटमा काम गर्न आउने सेवाग्राहीलाई बाटोबाटै लेखापढी गर्नेले छेक्छन् । बिचौलियाका कारण मालपोतमा घुस नदिई कामै नहुने सेवाग्राही बताउँछन् ।

लेखापढी कानुन व्यवसायी संघ बिराटनगर अध्यक्ष उमेश श्रेष्ठ लेखापढी गर्नेलाई सबैतिर छुट नभएको बताउँछन् । कार्यालयले सबैतिर प्रवेशमा रोक लगाएको बताउँदै उनले काम गर्न असहज भएका बेला भने प्रवेश गर्ने गरेको बताए । उनका अनुसार मालपोतमा काम गर्ने २५० लेखापढी कानुन व्यवसायीहरु छन् । जब कि त्यहाँ सरकारी कर्मचारीको संख्या भने ३२ मात्र छ ।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सञ्चालक
नोवस मिडिया ग्रुप प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

              © 2016 - 2025 | Novus Media Group Pvt.Ltd. | All Rights Reserved.