Naya Media
आइतवार, असार ८, २०८२
| | June 22, 2025
आइतवार, असार ८, २०८२
Advertisement

डा. केसी प्रति सरकार उदासिन बनेकाे भन्दै देशभरका चिकित्सक सडकमा, अनशन लम्बिँदै

User Photo
बिहिबार, माघ १७, २०७५

चिकित्सा शिक्षामा सुधार माग राखेर अनशन बसेका डा. गोविन्द केसीको माग सम्बोधन र जीवनरक्षाका लागि सरकारले पहल नगरेको भन्दै देशभरका चिकित्सक सडकमा उत्रेका छन्।

डा. केसीका माग सम्बोधन गर्न सरकारले बेवास्ता गरेपछि उनको अनशन लम्बिँदै गएको छ।


advertisement

केसीको माग पूरा गर्न र जीवनरक्षाका लागि सरकारलाई दबाब दिन नेपाल चिकित्सक संघको अगुवाइमा देशभरका चिकित्सक सडकमा उत्रेका हुन्।

डा. केसी आफ्नो १५औं अनशन क्रममा सरकारले गरेको सहमति कार्यान्वयन माग राखेर पुस २५ गतेदेखि अनशनमा छन्। उनी अनशन बसेको बुधबार २२ दिन पुगेको छ। लामो समयसम्म खाना नखाँदा केसीको स्वास्थ्य अवस्था गम्भीर अवस्थामा पुगेको चिकित्सकले जनाएका छन्।

चिकित्सा शिक्षा सुधारसम्बन्धी माग राखेर केसी अनशन बसेको यो सोह्रौँपटक हो। अहिले उनी त्रिवि शिक्षण अस्पताल, काठमाडौंको गणेशमानसिंह भवनमा अनशनरत छन्।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2025 Active Press Pvt.Ltd. All Rights Reserved.