काठमाडौं । सत्याग्रही डा. गोविन्द केसीले भारतमा अनसनरत अन्ना हजारेलाई पत्र लेखी उनको आन्दोलनमा ऐक्यवद्धता जनाएका छन् ।
१६ औं अनसन फिर्ता लिएर हाल त्रिवि शिक्षण अस्पतालको सघन उपचार कक्षमा उपचाररत केसीले लोकपाल ऐन अनुसार केन्द्रमा लोकपाल र हरेक राज्यमा लोकयुक्त नियुक्त गर्नुपर्ने माग गर्दै माघ १६ गतेदेखि हजारेले सुरु गरेको आन्दोलनमा ऐक्यवद्धता जनाएका हुन् । भ्रष्टाचारविरुद्धको लडाईका लागि हजारेको माग धेरै महत्वपूर्ण रहेको भन्दै केसीले नेपाली नागरिकका लागि पनि यो लडाई अनुकरणीय रहेको बताएका छन् ।
केसीले आफू पनि ७ वर्षदेखि भ्रष्टाचार र कुशासनविरुद्ध लडिरहेको भन्दै त्यसको सुरुवात मेडिकल शिक्षा र स्वास्थ्य सेवा सुधारको माग राखेर गरेको बताएका छन् । उनले आफू यसविरुद्ध अझै लडिरहेको उल्लेख गरेका छन् ।
केसीले आफूले १५ औं अनसनका क्रममा भएका सम्झौता कार्यान्वयनको माग राखेर १६ औं अनसन बसे पनि जनताप्रति अनुत्तरदायी सरकारले बेवास्ता गरेको र नागरिक समाजका प्रवुद्ध व्यक्तिको आग्रहअनुसार अनसन तोडेको उल्लेख गरेका छन् । यस क्रममा सरकारले न्युनतम प्रजातान्त्रिक चरित्र पनि नदेखाएको केसीले उल्लेख गरेका छन् ।
केसीले अन्त्यमा भनेका छन् ‘सामान्य अर्थमा मेरो सिकाइ के छ भने सत्याग्रह अपराजित छ । सरकारलाई जवाफदेही बनाउन र कानूनको शासन पालनाका लागि म सत्याग्रहको शक्ति र जनतामा विश्वास गर्छु ।’
प्रतिक्रिया
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टप्रतिक्रिया
अलपत्र परेकालाई गन्तव्यसम्म पुर्याइदिने कर्णाली प्रदेशकाे निर्णयप्रतिक्रिया
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियनप्रतिक्रिया
पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्याराप्रतिक्रिया
कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द