Naya Media
आइतवार, असार ८, २०८२
| | June 22, 2025
आइतवार, असार ८, २०८२
Advertisement

बार एसोसिएशनको नेतृत्वका लागि उम्मेदवारी दर्ता

User Photo
सोमवार, फाल्गुन ६, २०७५

काठमाडौं । कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएशनको नयाँ नेतृत्वका लागि आज (सोमबार) मनोनयन दर्ता भएको छ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट कानून व्यवसायी र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस निकट कानून व्यवसायीहरुले प्यानलै बनाएर उम्मेदवारी दिएका हुन ।


advertisement

सत्तारुढ नेकपा निकट कानून व्यवसायीको संगठन नेपाल लयर्स एसोसिएशन (एनएलए)को तर्फबाट वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठले नेपाल बार एसोसिएशनको अध्यक्ष पदमा उम्मेदवार दिएका छन् ।

कांग्रेस निकट कानून व्यवसायीको संगठन डेमोक्र्याटिक लयर्स एसोसिएशन (डिलए)को तर्फबाट अधिवक्ता सुनिलकुमार पोखरेलले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।

आ-आफ्नो प्यानलसहित उम्मेदवारी दिएपछि नेपाल बार एसोसिएशनको परिसरमा दुवै अध्यक्षले न्यायपालिका भित्रको भ्रष्टाचारलगायतका विकृति र विसंगतिको अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गरे ।

एनएलएको तर्फबाट अध्यक्षको उम्मेदवार दिएका वरिष्ठ अधिवक्ता श्रेष्ठले नेपाल बार एसोसिएशनलाई सबल बनाउन आफूले प्यानलसहित उम्मेदवारी दिएको स्पष्ट पारे ।

उनले निष्ठावान कानुन व्यवसायीहरु आवश्यक रहेकाले त्यसको पूर्तिका लागि पनि आफूले अध्यक्षमा उम्मेदवारी दिएको पनि बताए ।

यता, डिएलएका तर्फका अध्यक्षको उम्मेदवार बनेका पोखरेलले स्वतन्त्र न्यायालयको गरिमालाई बचाउन आफूले प्यानलसहित उम्मेदवारी दिएको बताए । उनले कानून व्यवसायीहरुको हित सुनिश्चित गर्न पनि लागि पर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

नेपाल बार एसोसिएशनको नयाँ नेतृत्वका लागि आगामी चैत्र १६ गते शनिबार काठमाडौंमा निर्वाचन हुँदैछ । सोही निर्वाचनका लागि सोमबार उम्मेदवारी दिइएको हो । जसअनुसार एनएलएबाट श्रेष्ठले अध्यक्ष र महासचिव सुरेन्द्रबहादुर थापाले उम्मेदवारी दिए ।

डिएलएबाट अध्यक्षमा पोखरेल र महासचिवमा लिलामणि पौडेलले उम्मेदवारी दिएका छन् ।

बारमा एक अध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, सबै प्रदेशबाट एक/एक जनासहित ८ जना उपाध्यक्ष तथा १४ जना सदस्यका लागि निर्वाचन हुनेछ ।

२५ सदस्यीय नयाँ नेतृत्वको लागि दुवै पक्षले आ-आफ्नो पक्षबाट उम्मेदवारी दिएका छन । निर्वाचनमा एनएलएले नेपाल बारलाई सबल बनाउने एजेन्डालाई जोड दिएको छ भने डिएलएले स्वतन्त्र न्यायालय कायम राख्ने एजेन्डालाई अघि सारेको छ ।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2025 Active Press Pvt.Ltd. All Rights Reserved.