Naya Media
आइतवार, असार ८, २०८२
| | June 22, 2025
आइतवार, असार ८, २०८२
Advertisement

ज्यूँदै आगो लगाएर बृद्ध दम्पतिको हत्या, मृतक व्याजमा रकम लगानी गर्दै आएकाे स्थानियकाे भनाइ

User Photo
मङ्लबार, फाल्गुन १४, २०७५

सप्तरी । सप्तरीमा ज्यूँदै आगो लगाएर एक बृद्ध दम्पतिको हत्या भएको छ ।

खड्ग नगरपालिका ५ खरचुहियाका ७० बर्षीय सबुरी साह र उनकी पत्नी ६५ बर्षीया बेचनी देवीलाई ज्यूँदै आगो लगाएर हत्या गरेको पाइएको प्रहरीले जनाएको छ । कपडामा छोपेर आगो लगाइएको अवस्थामा शव फेला परेको सप्तरी प्रहरीका प्रमुख एसपी राजेन्द्र विष्टले जानकारी दिए ।


advertisement

मंगलबार बिहान दूध लिएर आउने व्यक्तिले साहको ढोको नखुलेको र घरको झ्यालबाट धुवाँ आइरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी घट्नास्थल पुगेर घरको ढोका तोडेरभित्र पस्दा जलेको अवस्थामा दुबैको शव फेला परेको हो ।

साह दम्पतिको हत्या कसले र किन गर्‍यो भन्ने खुलेको छैन । हत्यारा पत्ता लगाउन तालिम प्राप्त कुकुरसहित टोली परिचालन गरिएको छ । घटना स्थलमा रगतको छिटा समेत भेटिएको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरुले बताएका छन् ।

मृतक साह व्याजमा रकम लगानी गर्दै आएको स्थानीयहरुले बताएका छन् ।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2025 Active Press Pvt.Ltd. All Rights Reserved.