Naya Media
बुधबार, कार्तिक २६, २०८२
| | November 12, 2025
बुधबार, कार्तिक २६, २०८२

स्कुले बालिकालाई अप्राकृतिक मैथुन गराउने शिक्षकलाइ ५ बर्ष कैद

User Photo
शुक्रबार, फाल्गुन १७, २०७५

स्कुले बालिकालाई अप्राकृतिक मैथुन गराएको अभियोगमा पक्राउ परेका ५० वर्षीय खिलप्रसाद पौडेललाई पर्वत जिल्ला अदालतले ५ वर्ष कैद सजाय सुनाएको छ । गत साउन पहिलो साता पक्राउ परेका पौडेल फलेबास–६ देवीस्थानको माझीगाउँ प्राथमिक विद्यालयका प्रधानाध्यापक हुन् ।

पुर्पक्षका लागि थुनामा रहेका उनीविरुद्ध जिल्ला अदालतका न्यायाधीश सूर्यबहादुर थापाको इजलासले बुधबार कैद सजाय सुनाएको हो । उनीमाथि एक वर्षदेखि ७, १० र १२ वर्षीया बालिकालाई यौन हिंसा गरेको आरोप लागेको थियो । ससाना बालिकालाई ललाइफकाइ र डर, त्रास देखाएर धेरै समयअघिदेखि एउटै क्रियाकलाप दोहोर्‍याएपछि अभिभावकहरूले थाहा पाएर घटना बाहिर आएको हो ।

अभिभावकको उजुरीका आधारमाप्रहरीले पौडेललाई नियन्त्रणमा लिई अनुसन्धान थालेको थियो ।प्रहरीका अनुसार पौडेलविरुद्ध जबरजस्ती करणी (अप्राकृतिक मैथुन) शीर्षकमा मुद्दा दर्ता भएको थियो । पौडेल २०४२ सालदेखि सोही विद्यालयमा अध्यापनरत थिए । ०६१ मा शिक्षक सेवा आयोग पास गरेर स्थायी नियुक्ति लिएपछि उनी प्रधानाध्यापक बनेका थिए । सामान्यतयाः उनको व्यवहार नकारात्मक नदेखिएको सहकर्मी बताउँछन् ।

‘विद्यालयको शैक्षिक र भौतिक उन्नतिमा निकै चासो राख्नुहुन्थ्यो । हामीले बाहिरी नजरले हेर्दा नकारात्मक थिएन,’ एक सहकर्मीले भने, ‘भित्रभित्रै त्यस्तोव्यवहार छ भन्ने हामीले सुइँको पाएकै थिएनौं ।’ स्थानीयका अनुसार पौडेलले आफूमाथि गरेको दुर्व्यवहारबारे करिब डेढ महिनाअघि नै एक बालिकाले अभिभावकलाई सुनाएकी थिइन् । एउटीले घटना सार्वजनिक गरेपछि अरू तीनलेपनि आफूमाथि त्यस्तो घटना भएको बताएका थिए ।

उक्त मुद्दामाथि अदालतले ७ वर्षीया दुई बालिकालाई यौन अपराध गरेको अभियोगमा ५ र त्यसभन्दा माथिकालाई यौनजन्य अपराध गरेको अभियोगमा ४ वर्ष अधिकतम कैद सजाय हुने गरी फैसला गरेको हो ।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सञ्चालक
नोवस मिडिया ग्रुप प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

              © 2016 - 2025 | Novus Media Group Pvt.Ltd. | All Rights Reserved.