Naya Media
शुक्रबार, बैशाख ११, २०८३
| | April 24, 2026
शुक्रबार, बैशाख ११, २०८३

काठमाडौंमा मात्रै चार सयभन्दा धेरै मगन्ते, राजधानीका सडक मगन्ते रहित बनाउने अभियान सुरु

User Photo शनिबार, फाल्गुन १८, २०७५

देशकै राजधानी काठमाडौंका सडक मगन्ते (भिखारी)रहित बनाइने भएको छ । त्यसका लागि प्रहरीले अभियान सुरु गरेको छ । सडकमा हिँड्ने बटुवालाई अनावश्यक दुःख दिने मात्र नभई सहरको सभ्यतामाथि नै प्रश्न उठ्न थालेपछि प्रहरीले मगन्तेलाई पक्राउ गर्न थालेको छ । प्रहरीले मन्दिर र सडकमा माग्न बसेकालाई पनि हटाउने भएको छ । सडकमा बस्ने मगन्ते लागुऔषध दुर्व्यसनीदेखि अपराधमा समेत संलग्न रहेको पाइएपछि प्रहरीले नियन्त्रणमा लिन थालेको हो ।

काठमाडौंमा मात्रै चार सयभन्दा धेरै मगन्ते

महानगरीय प्रहरी परिसर काठमाडौं र बालबालिका खोजतलास समन्वय केन्द्रको संयुक्त पहलमा प्रहरीले मगन्ते पक्राउ अभियान सुरु गरेको हो । पहिलो चरणमा न्युरोड, वसन्तपुर, घन्टाघरस्थित जामे मस्जिदलगायतका ठाउँबाट १६ भन्दा धेरै मगन्तेलाई पक्राउ गरिएको छ । पक्राउ पर्ने अधिकांश बालबालिका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी राजेन्द्र पोखरेलले मगन्ते निषेधित क्षेत्र निर्माण अभियानअन्तर्गत उनीहरू पक्राउ परेको बताए ।

‘भिख माग्न संविधानले नै रोक लगाएको छ । तर, काठमाडौंका मन्दिर तथा सडकपेटीमा अझै पनि मगन्तेको भिड लाग्ने गरेको देखिन्छ । यसबाट पैदलयात्री आजित हुनुका साथै सहरको सभ्यतासमेत बिगारेको छ ।’ प्रहरीका अनुसार काठमाडौंमा मात्रै चार सयभन्दा धेरै मगन्ते छन् । त्यसमध्ये अधिकांश महिला तथा बालबालिका छन् । प्रहरीका अनुसार उनी अधिकांश भारतीय मूलका नागरिक रहेको काठमाडौं परिसरका डिएसपी पोखरेलले बताए । ‘काठमाडौंमा मात्रै चार सयको हाराहारीमा मगन्ते रहेको आकलन छ । उनीहरू अधिकांश भारतबाट आएको देखिन्छ । त्यसमा पनि धेरै बालबालिका र महिला छन्,’ उनले भने । याे समाचार नयाँ पत्रिकामा प्रकाशित छ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.