Naya Media
सोमवार, कार्तिक २४, २०८२
| | November 10, 2025
सोमवार, कार्तिक २४, २०८२

बढ्याे सुरक्षा थ्रेट: भीभीआइपीलाई जथाभावि कार्यक्रममा नहिड्न गृह मन्त्रालयकाे आग्रह

User Photo
बिहिबार, चैत्र ७, २०७५

नेकपा विप्लव समूहबाट सुरक्षा थ्रेट रहेको भन्दै गृह मन्त्रालयले भीभीआइपीलाई सार्वजनिक सभा, समारोहमा सहभागिताका लागि सतर्कता अपनाउन आग्रह गरेको बुझिएको छ ।

सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाएपछि सम्भावित अप्रिय घटना हुन सक्ने आँकलन गर्दै गृहले हालै सो आग्रह गरेको हो । राष्ट्रपति, उपराष्ट्रपति बाहिर कार्यक्रममा सरिक हुँदा सचेत हुन गृहले आग्रह गरेको छ ।

मन्त्रालयले जारी भीभीआइपी र भीआइपीको नाममा जारी गरेको पत्रमा अहिलेको विसम परिस्थितीलाई ध्यानमा राखेर जानै पर्ने कार्यक्रमबाहेक अन्य कार्यक्रममा सकेसम्म सहभागी नहुनु भन्ने ब्यहोरा उल्लेख गरिएको छ ।

कार्यक्रममा सहभागी हुनै परे पनि सुरक्षा सतर्कता अपनाउन गृहले आग्रह गरेको बुझिएको छ । विशेष गरी गृहले उपत्यका बाहिरको कार्यक्रममा सकभर आवश्यकता हेरी मात्र सहभागी हुन आग्रह गरेको बुझिएको छ ।

राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरुलाई विभिन्न सभा, समारोहमा सहभागिताका लागि निमन्त्रणा आउँदा सुरक्षा अवस्थालाई ख्याल गरेर मात्र ती कार्यक्रममा सहभागी हुन गृहले पत्राचार गरेको उपराष्ट्रपति कार्यालयको उच्च स्रोतले जनाएको छ । याे समाचार नेपाल समाचारपत्रमा प्रकाशित छ ।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सञ्चालक
नोवस मिडिया ग्रुप प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

              © 2016 - 2025 | Novus Media Group Pvt.Ltd. | All Rights Reserved.