Naya Media
सोमवार, कार्तिक २४, २०८२
| | November 10, 2025
सोमवार, कार्तिक २४, २०८२

नेकपा (विप्लव) भित्र एक्लिए विश्वकर्मा, रिहाइका लागि गरेका गतिविधिमा पार्टीकाे शंका

User Photo
आइतवार, चैत्र १०, २०७५

नेत्रविक्रम चन्दको अति विश्वासपात्र मानिएका प्रवक्ता खड्गबहादुर विश्वकर्मा पछिल्लो समय चन्द समूहभित्र एक्लिएका छन् । सरकारबाट गिरफ्तार भएपछि रिहाइका लागि उनले गरेको गतिविधिप्रति आशंका गरिएपछि जिम्मेवारीविहीन बनाइएका छन् ।

सरकारले विश्वकर्मालाई गिरफ्तार गरेको ४९ दिनपछि गत असोजमा रिहा गरेको थियो । लगत्तै कपिलबस्तु आसपास बसेको स्थायी कमिटी बैठकले माघ २८ गते राजधानीमा आमसभा गर्ने जिम्मेवारी उनलाई सुम्पेको थियो ।

स्रोतअनुसार दाङ वरपर बसेको अर्को बैठकमा उनले रिहाइका लागि गरेका सबै गतिविधिमा पार्टीले आशंका गर्यो ।

नेकपा (माओवादी) विप्लवका मध्यक्षेत्रीय कमान्डर, पार्टी केन्द्रीय प्रशिक्षण विभाग प्रमुख हेमन्तप्रकाश अ‍ोली ‘सुदर्शन’को टोली शनिबार बिहान हतियार र विस्फोटक पदार्थसहित पक्राउ परे पछी विप्लवमा झन तनाव भएकाे छ ।

अपराध अनुन्धान महाशाखाको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय काभ्रेको टोलीले उक्त समुहलाई खानीखोला गाउँपालिका ७ मिल्चेमा पेस्तोल र विस्फोटक पदार्थसहित पक्राउ गरेको प्रहरीले दाबी गरेको छ । प्रहरी टोलीले ललितपुरको ठेचोमा सर्च गर्ने क्रममा उनीहरु भाग्न प्रयोग गरेको बा १७ च ४८९३ नम्बारको सिल्भर कलरको स्कोर्पियो गाडीको डिक्कीभित्र लुकाइरहेको अवस्थामा पेस्तोल र विस्फोटक पदार्थ फेला परेको हो ।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सञ्चालक
नोवस मिडिया ग्रुप प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

              © 2016 - 2025 | Novus Media Group Pvt.Ltd. | All Rights Reserved.