मोरङको बेलबारी-४ की २६ वर्षीया रमिला राईको शव हत्या भएको २६ दिनपछि सप्तकोशी नदीमा भेटिएको छ। नेकपाका स्थानीय नेता योगेन्द्र गुरुङले हत्या गरी कोशी ब्यारेजमा फालेकाे रमिलाकाे शव बुधबार भेटिएकाे हाे ।
फागुन १८ गतेदेखि हराइरहेको रमिलाको शव कोशी ब्यारेजबाट लगभग तीन सय मिटर दक्षिणतर्फ सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ भारदह नजिकै भेटिएको प्रहरीले बताएकाे छ ।
बोरा भित्र हातखुट्टा बाँधेर फालिएको अवस्थामा रमिलाकाे शव फेला परेको छ । रमिलाको टाउकोमा चोट लागेको छ । उनको शरिरमा एउटा स्लाक्स् मात्र लगाएको अवस्थामा फेला परेको छ । बोरामा एउटा खैरो रंगको कोट, तन्ना र रमिलाको जामा फेला परेको छ ।
एक छोरीकी आमा समेत रहेकी रमिला पछिल्लो समयमा योगेन्द्र गुरुङको प्रेमिका रहेकी थिईन् । एक्कासी रमिला वेपत्ता भएपछि उनकै प्रेमी भनिएका योगेन्द्र गुरुङले आफूले हत्या गरेको स्वीकारेका थिए ।बाहिर मापसे गरेर गुरुङको घरमा पुगेपछि झगडा भएको र सोही क्रममा राईको हत्या गरेको बयानबाट खुलेको छ।
याेगेन्द्रले बयानको क्रममा रमिलाको हत्या गरि कोशी व्यारेजमा फालेको प्रहरीलाई दिएपछि त्यहाँ खोजी गर्नेक्रममा रमिलाको शव फेला परेको हो ।
रमिला फागुन १८ गते शुक्रबारदेखि हराएको सूचना पाएको प्रहरीले गुरुङलाई इलामबाट पक्राउ गरेको हो । रमिला बेपत्ता भएपछि आफन्तले प्रहरीलाई खवर गरेका थिए।
तत्कालीन नेकपा एमालेका पूर्व बेलबारी अध्यक्ष गुरुङ रमिलासँग प्रेम सम्बन्धमा रहेको पाइएको छ । गुरुङकी श्रीमती र दुई छोरा काठमाडौंमा बस्दै आएका छन्।
प्रतिक्रिया
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टप्रतिक्रिया
अलपत्र परेकालाई गन्तव्यसम्म पुर्याइदिने कर्णाली प्रदेशकाे निर्णयप्रतिक्रिया
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियनप्रतिक्रिया
पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्याराप्रतिक्रिया
कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द