Naya Media
शुक्रबार, बैशाख ११, २०८३
| | April 24, 2026
शुक्रबार, बैशाख ११, २०८३

कांग्रेसले निर्णय गरेर हत्याराका रुपमा चित्रण गर्न खोजियाे, मलाई डर छैन- प्रचण्ड

User Photo आइतवार, चैत्र १७, २०७५

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई अन्तर्राष्ट्रिय जगतमा हत्याराका रुपमा चित्रण गर्न खोजेको भन्दै असन्तुष्टि जनाएका छन् । यद्यपि आफूलाई डर भने नरहेको बताए ।

प्रचण्ड पत्नी सीता दाहालको उपचारका लागि अमेरिका गएको बेला एफबीआईमा उजुरी परेको थियो । तिलक श्रेष्ठ नाम गरेका व्यक्तिले प्रचण्ड आतंककारी भएको भन्दै अमेरिका आएको बेलामा पक्राउ गर्न माग गरिएको थियो ।

कांग्रेसको वाशिंगटन डिसी कमिटीले समेत आफूलाई गिरफ्तार गर्नुपर्छ भनेर निर्णय गरेको आफूले सुनेको भन्दै उनले कांग्रेसको ध्यानाकर्षण समेत गराएका छन् ।

आइतबार रिपोर्टर्स क्लबको वार्षिक उत्सवमा कार्यक्रममा मञ्चमा रहेका कांग्रेस नेता डा. रामशरण महततर्फ हेर्दै प्रचण्डले भने, ‘म वाशिंगटन डिसीमा बस्दै गर्दा त्यहाँको कांग्रेसको कमिटीले निर्णय गरेर प्रचण्ड एउटा अपराधी हो, हत्यारो हो र यसलाई गिरफ्तार गर्नुपर्छ भनेर कमिटीले निर्णय गर्‍यो भनेर बाहिर आयो ।’

अगाडि भने, ‘विदेशमा बसेर नेपालको शान्ति सम्झौतालाई आपराधिक सम्झौताको रुपमा र त्यसको हस्ताक्षरकर्तालाई अपराधीको रुपमा गिरफ्तार गरेर जेल हाल्नुपर्‍यो भनेर अन्तर्राष्ट्रिय जगतलाई भन्नु कति तर्कसंगत छ ? यसले आजको हाम्रो राष्ट्रिय आवश्यकतालाई कत्तिको सम्बोधन गरेको छ ? मैले आज नजिकबाट यो तितो भर्खरै अमेरिका जाँदा अनुभव गरेर आएँ ।’

तत्कालीन माओवादीका अध्यक्ष प्रचण्डले तत्कालीन प्रधानमन्त्री एवम् कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको पहलकदमीमा आफूले शान्ति सम्झौतामा हस्ताक्षर गरेको स्मरण गरे ।

युद्ध अपराधको आरोपमा आफूलाई पक्राउ गराउने कोशिस भएपनि आफूलाई त्यसबाट कत्ति पनि डर नलागेको सुनाए । ‘कतिपय मान्छेहरुले त्यो कुराबाट प्रचण्ड डराएको हो कि भनेजस्तो ठान्छन् तर मलाई कुनै डर छैन अब,’ उनले भने, ‘किनकी शान्ति सम्झौता भएको छ, संविधान बनेको छ, देश संघीय लोकतान्त्रिक गणतन्त्रमा गएको छ, निर्वाचन भएको छ, अब देश समृद्धितिर जाँदैछ । मलाई व्यक्तिगत रुपले न कुनै डर, लोभ पनि अहिले मलाई त्यस्तो छैन ।’

प्रचण्डलाई अपराधी भन्ने हो भने प्रकारान्तरले कांग्रेस पनि अपराधी हुने उनले बताए । प्रचण्डले भने, ‘साँच्चै कमिटीले निर्णय गरेको हो र त्यो कांग्रेसकै हो भने उनीहरुले प्रचण्डलाई अपराधी भनेको त प्रकारान्तरले त कांग्रेसलाई पनि अपराधी भनेकै हुन्छ । गिरिजाप्रसाद कोइराला जो हामीबीच हुनुहुन्न, उहाँहरुले पनि हस्ताक्षर गर्नु भएको छ । यति कुरा पनि नबुझ्ने हो त ?’

प्रचण्डले पत्रकारिताको स्वतन्त्रताको कुरा गर्दा त्यसको नैतिकताको कुरा गर्ने कि नगर्ने भनेर पनि प्रश्न गरे ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.