Naya Media
शुक्रबार, बैशाख ११, २०८३
| | April 24, 2026
शुक्रबार, बैशाख ११, २०८३

बार चुनाव- २५ सदस्यीय कार्यसमितिमा अध्यक्ष सहित २३ प्रगतिशिल समुहका

User Photo शुक्रबार, चैत्र २२, २०७५

नेपाल बार एशोसिएसनमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट कानून व्यवसायी विजयी भएका छन् । २५ सदस्यीय कार्यसमितिमा अध्यक्ष सहित २३ जना प्रगतिशिल समुह निर्वा्चित भएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

३ वर्षे कार्यकालको २५ सदस्यीय कार्यसमितिमा वाम–प्रगतिशिल समुहले अध्यक्ष सहित ७ उपाध्यक्ष, कोषाध्यक्ष र १४ सदस्य निर्वा्चित भएका छन् ।

विहीवार अपरान्ह्र सार्वजनिक भएको मत परिणाम अनुसार प्रगतिशिल समुहका चन्डेश्वर श्रेष्ठ ४ हजार २२ मतका साथ अध्यक्षमा विजयी हुनु भएको छ । उहाँका निकटतम प्रतिद्धन्द्धी लोकतान्त्रिक समुहका सुनिल पोखरेलले ३ हजार ८ सय ७३ मत प्राप्त गरे ।

महासचिव र प्रदेश ५ को उपाध्यक्षमा भने लोकतान्त्रिक समुहले जितेको छ । लोकतान्त्रिक समुहका लीलामणि पौडेल ४ हजार १ सय ७८ मतका साथ महासचिवमा विजयी भएका छन् भने उनका प्रतिद्धन्द्धी प्रगतिशिलका सुरेन्द्र बहादुर थापाले ३ हजार ७ सय १ मत पाएका छन् । प्रदेश ५को उपाध्यक्षमा सुनिल कुमार श्रेष्ठ ३ हजार ९ सय ८६ मतका साथ विजयी भएका छन् । उनका प्रतिस्पर्धी प्रगतिशिलका लिलाधर मरासिनीले ३ हजार ८ सय ५७ मत प्राप्त गरेका छन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.