Naya Media
शुक्रबार, बैशाख ११, २०८३
| | April 24, 2026
शुक्रबार, बैशाख ११, २०८३

आन्दोलनरत चिकित्सकलाइ आजै काममा जान चेतावनी, हडताल गर्नेलाइ ६ महिनासम्म कैद र जागिर पनि चट्

User Photo मङ्लबार, चैत्र २६, २०७५

काठमाडौं । सरकारले आन्दोलनरत सरकारी चिकित्सकहरु मंगलबार काममा नफर्किए आवश्यक सेवा संचालन ऐन अनुसार कारवाही गर्ने चेतावनी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले सरकारी डाक्टरहरु मंगलबार दिनभरमा काममा फर्किने अपेक्षा गरिएको बताए । सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा हड्ताल गरी आन्दोलनमा उत्रिएका डाक्टरहरु काममा फर्किए कतिपय मागमा वार्ता हुनसक्ने श्रेष्ठले बताए ।

मन्त्रालयले सोमबार विज्ञप्तिमार्फत काममा फर्किन आह्वान गरेको थियो ।

प्रवक्ता श्रेष्ठले भने–यदि उहाँहरु काममा फर्किनु भएन भने प्रचलित कानुन बमोजिम कारवाही हुन्छ । मन्त्रालयले यसबारेमा हिजै प्रष्ट पारिसकेको छ ।’

सरकारी डाक्टरहरु संघीय सरकार मातहत मात्रै रहनुपर्ने भन्ने माग भने कानुन विपरित रहेको भन्दै सरकारले त्यसमा वार्ता नहुने प्रष्ट पारेको छ । कानुनले नै संघमै रहनुपर्ने भन्ने मागलाई अस्वीकार गरिसकेकाले अन्य विषयमा वार्ता हुनसक्ने प्रवक्ता श्रेष्ठले बताए ।

प्रदेश र स्थानीय तहमा समायोजन भएर गएपनि चिकित्सकहरुले पाएको अधिकार नरोकिने र वृत्तिविकासमा बाधा नहुने गरी व्यवस्था मिलाउन सरकार तयार रहेको उनले बताए । तर त्यसका लागि सरकारले आन्दोलन फिर्ता गरी काममा फर्किनुपर्नेलाई शर्त बनाएको छ ।

सरकारी चिकित्सकहरु बिगत केही दिनदेखि समायोजनविरुद्ध अस्पताल नै बन्द गरेर आन्दोलनमा छन् । उनीहरुले चिकित्सकलाई निजामती कर्मचारी जसरी प्रदेश र स्थानीय तहमा समायोजन गर्न नपाइने बताइरहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार विज्ञप्तिमार्फत आम नेपालीले तिरेको करबाट ठूलो धनराशी खर्च गरी उत्पादन गरिएका चिकित्सकहरुले नेपाली नागरिकले संविधानतः पाउनुपर्ने स्वास्थ्य सेवालाई सुचारु गर्नु परम कर्तव्य रहेको स्मरण गराएको छ ।

यदि मन्त्रलायको अपिल बेवास्ता गरी आन्दोलन जारी राखेमा आवश्यक सेवा सञ्चालन ऐन र अन्य प्रचलित कानुनको अधिनमा रही कारवाही प्रक्रिया अघि बयाउने चेतावनी दिएको छ ।

आवश्यक सेवा सन्चालन ऐन अनुसार सरकारले हड्ताल निषेध गरेको ठाउँमा हड्ताल गर्ने वा भाग लिने व्यक्तिलाई ६ महिनासम्म कैद र जागिरबाट समेत बर्खास्ती हुनेछ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.