Naya Media
शुक्रबार, बैशाख ११, २०८३
| | April 24, 2026
शुक्रबार, बैशाख ११, २०८३

कैलालीबाट विप्लवसमुहका जनसरकार प्रमुख सहित २ जना पक्राउ

User Photo बिहिबार, चैत्र २८, २०७५

कैलाली । सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का जनसरकार प्रमुखसहित २ नेतालाई प्रहरीले कैलालीबाट पक्राउ गरेको छ ।

नेकपाको बर्दगोरिया गाँउपालिकाका जनसरकार प्रमुख अमर बम र क्रान्तिकारी किसान संघ, कैलालीका अध्यक्ष उदयराज थापालाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुलाई कैलालीको बर्दगोरिया गाँउपालिकाको बौनिया बजार नजिकैबाट बुधवार दिउँसो पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ ।

पक्राउ परेका दुवै नेतालाई प्रहरीले अहिले थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, कैलालीको हिरासतमा राखेको छ ।

विप्लव नेतृत्वको नेकपालाई सरकारले प्रतिबन्ध लगाएसँगै प्रहरीले कैलालीमा यसका कार्यकर्ताको खोजी तीव्र पारेको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.