Naya Media
शुक्रबार, बैशाख ११, २०८३
| | April 24, 2026
शुक्रबार, बैशाख ११, २०८३

तिन किलो सुन सहित तिन चिनियाँ पक्राउ, मलद्वारमा लुकाईएको सुन अस्पताल लगेर निकालियो

User Photo बिहिबार, चैत्र २८, २०७५

चीनको कुनमिङबाट काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको जहाजबाट आएका तीन चिनियाँ यात्रु भन्सार अधिकारीको शंकाको घेरामा परे । बिहीबार ५ बजेतिरको कुरा हो, भन्सार अधिकारीले मेटल डिटेक्टरले जाँच्दा उनीहरुले केही लुकाइरहेको संकेत मिल्यो ।

सुरुमा त भन्सार अधिकारीहरु अलमल परे, छामछुम पार्दा केही भेटिँदैनथ्यो, तर मेटल डिटेक्टरले केही भएको संकेत गरिरहेको थियो। त्यसपछि सुरु भयो, होलबडी स्क्यानिङको काम।

थप शंका भएपछि भन्सार अधिकारीहरुले प्रहरीको सहयोगमा तीनै चिनियाँलाई विमानस्थल नजिकै सिनामंगलमा रहेको केएसी अस्पतालमा पुर्‍याए। चिकित्सकहरुले एक्स-रे गरेपछि पुष्टि भयो, उनीहरुको मलद्वारमा विस्कुट आकारको धातु देखिन्छ ।
त्यसपछि चिकित्सकले उनीहरुलाई दिसा लाग्ने औषधि खुवाए। प्रहरीको रोहवरमा उनीहरुलाई वाटा आकारको प्लास्टिकको भाडामा दिसा गर्न लगाइएको थियो। दिसामा पहेंलो धातु खसेपछि र त्यसलाई पखालेपछि पुष्टि भयो, उनीहरुले मलद्वारमा सुन लुकाएर ल्याएका थिए।
विमानस्थल भन्सार प्रमुख गजेन्द्र ठाकुरका अनुसार तीन मध्ये दुईबाट एक/एक किलो र अर्को एकबाट एक किलोतीन सय विस्कुट आकारको सुन बरामद गरिएको थियो। उनले भने, ‘सुन तस्करी गर्ने तरिका देखेर हामी पनि छक्कै पर्‍यौं।’


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.