Naya Media
शुक्रबार, बैशाख ११, २०८३
| | April 24, 2026
शुक्रबार, बैशाख ११, २०८३

२०७५ मा पत्ता नलागेका दुइ अपराधी, के भेटिएलान ०७६ मा ?

User Photo शनिबार, चैत्र ३०, २०७५

वर्ष २०७५ भर अत्यधिक चर्चामा रहेका घटना हुन्– निर्मला पन्त हत्या प्रकरण र ३३ किलो सुन तस्करी प्रकरण । तर यी दुवै घटनाको चुरो अझै पनि पत्ता लागेको छैन ।

कञ्चनपुरकी निर्मला पन्तका हत्यारा र ३३ किलो सुनकाण्डका अभियुक्त को हुन् ? भन्ने विषयमा वर्षभरीको अनुसन्धानबाट पनि खुल्न नसकेपछि दुवै घटना रहस्यकै गर्भमा छन् ।

दुवै घटनामा सरकारी स्तरबाट गरिएका अनुसन्धान र छानविनले पूर्णता नपाएपछि आम मानिसमा सरकारप्रति संशय पैदा भएको छ । ३३ केजी सुन तस्करी र सनम शाक्यको हत्या २०७४ कै घटना भए पनि २०७५ मा यसबारे व्यापक अनुसन्धान र खोजबिन भएको थियो ।

त्यस्तै कञ्चनपुर भीमदत्तनगरपालिका–२ खोल्टीकी १३ वर्षीया बालिका निर्मला पन्तको साउन १० गते बलात्कारपछि हत्या भयो । हत्याराको पहिचान र कडा कारबाहीको माग गर्दै सडकदेखि सदनसम्म आन्दोलन भयो । उक्त घटनापछि निर्मलाका बाबुआमा महिनौँसम्म अनसन बसे । घटनाको सत्यतथ्य पत्ता लगाउन सरकारी र अन्य गरी झण्डै एक दर्जन छानविन समितिहरु बने । कतिपयको जागिर नै गयो । तर पनि घटना अझै रहस्यमय नै छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.