Naya Media
शनिबार, बैशाख १२, २०८३
| | April 24, 2026
शनिबार, बैशाख १२, २०८३

शंकास्पद बस्तु राखिएको सूचना फेसबुकमा शेयर गर्ने पत्रकार पक्राउ

कसैलाई थुनामा राख्ने काम भएको छैन, अहिले घटनाबारे बुझने क्रममा छौँ- प्रहरी

User Photo आइतवार, बैशाख २९, २०७६
काठमाण्डाै ।

झापाको कनकाई पुलमा शंकास्पद बस्तु राखिएको सूचना समाजिक सञ्जालमा राखिएको विषयमा सोधपुछका लागि मोरङ उर्लावारीका पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ।

कन्काई नगरपालिका माइधारमा शंकास्पद बस्तु आइतबार बिहान फेला परेसँगै प्रहरीले उनलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी मनोज केसीले श्रेष्ठलाई सोधपुछका लागि पक्राउ गरिएको जानकारी दिए।

“घटनाको विषयमा सोधपुछका लागि राखेका छौँ, अहिले सो शंकास्पद बस्तु कसले किन राखेको भन्ने विषय बुझ्दै छौँ,” उनले भने।

घटनापछि उर्लाबारी प्रहरी कार्यालयमा राखिएका श्रेष्ठका विषयमा एसपी केसीले भने, “सोधपुछ र बुझ्ने क्रममा उहाँलाई उर्लाबारी प्रहरीमा राखेका छौँ।

तर, कसैलाई थुनामा राख्ने काम भएको छैन, अहिले घटनाबारे बुझने क्रममा छौँ, सोधपुछका क्रममा रहेका छौँ।”

सोधपुछका क्रममा प्रहरीलाई सहयोग गर्न आफूले सो जानकारी फेसबुकमा शेयर गरेको कुरा श्रेष्ठले बताएको एसपी केसीले जानकारी दिए।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.