Naya Media
शनिबार, बैशाख १२, २०८३
| | April 24, 2026
शनिबार, बैशाख १२, २०८३

दुई पाङग्रे सवारीका लागी नयाँ नियम माेटरसाइकल बक्स लागु हुदै, के हो मोटसाइकल बक्स ?

पहिलाे चरणमा नयाँ बानेश्वरमा मोटसाइकल बक्स निर्माण गरिदै

User Photo मङ्लबार, बैशाख ३१, २०७६
काठमाण्डाै ।

ट्राफिक व्यवस्थापनको लागि मोटरसाइकल बक्स बनाउने योजना यही असारबाट कार्यान्वयनमा ल्याइने भएको छ । याे नेपालमा माेटरसाइकल तथा स्कुटर चालककाे लागि नयाँ नियम हुनेछ ।

सडक विभाग अन्तर्गतको सडक सुरक्षा तथा ट्राफिक शाखाका अनुसार हालै मोटरसाइकल बक्स निर्माणका लागि टेन्डर दिइएको छ । चालु आर्थिक वर्ष भित्र सम्पन्न गर्ने गरि टेन्डर दिए पनि जेठसम्ममा मोटरसाइकल बक्स निर्माण गरिसक्ने सडक सुरक्षा तथा ट्राफिक शाखा प्रमुख दिप बाराहीले जानकारी दिए ।

केही समय अघि मोटरसाइकल बक्स निर्माणको विषयमा जाइकाले अध्ययन गरेकाे थियो । उक्त संभाव्यता अध्यनपछि मोटरसाइकल बक्स निर्माणको टेन्डर पिआर विनायक जेभीलाई दिइएको शाखाले जानकारी दिएको छ ।

सुरुको चरणमा नयाँ बानेश्वरमा मोटसाइकल बक्स निर्माण गर्न लागिएको हो । मोटरसाइकल बक्स निर्माण कार्य सम्पन्न हुना साथ यसलाई कार्यान्वयनमा ल्याइने बाराहीले जानकारी दिए ।

‘हामीले असारसम्मको म्याद दिएका छाैँ तर, जेठमै काम सकिन्छ, सकिए लगतै यसलाई कार्यान्वयनमा ल्याउने छौँ,’ बाराहीले मेरोअटोसँग भने ।

नयाँ बानेश्वरमा मोटरसाइकल बक्स प्रोजेक्ट सफल भएमा अन्य स्थानमा पनि त्यसलाई कार्यान्वयनमा ल्याइन उनले जानकारी दिए ।

के हो मोटसाइकल बक्स ?

मोटरसाइकल बक्स भनेको ट्राफिक लाईटमा दुई पाङ्ग्रे सवारीसाधन रोक्न छुट्याइएको स्थान हो । जहाँ मोटरसाइकल र स्कुटरमात्रै रोक्न पाइने छ । उक्त बक्स अन्य सवारीसाधन रोक्ने स्थानभन्दा अगाडि हुने छ । बक्स निर्माणपछि सुरुको लेनमा बाइकहरु रोकिने छन् भने त्यसपछि अन्य सवारी रोक्नु पर्ने हुन्छ । विश्वमै सडक जाम हुँदा सुरुमा मोटरसाइकल रोक्ने र त्यसपछि अन्य सवारी रोक्ने गरिएको छ ।

पछिल्लो समय मोटरसाइकल तथा स्कुटरहरु सडक जाम पर्दा बीच बीचबाट पस्ने र त्यसले सडक दुर्घटना बढ्दै गएकाले यस्तो नियम कार्यान्वयनमा ल्याउन लागिएको बाराहीले बताए ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.