मकवानपुरमा १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् । हेटौंडा उपमहानगरपालिका – २ संगम चोक डेरा गरी बस्ने १५ वर्षीया किशोरीलाई बलात्कृत गरेको अभियोगमा सोही उपमहानगरपालिका – ५ पिप्लेकुना बस्ने ४२ वर्षीय हिरालाल चौलागाईलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।
उनले ती बालिकालाई शनिबारनै बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
