भारतीय अपराधी समाउने क्रममा प्रहरीले गोली चलाँउदा एक जनाको मृत्यु भएको छ ।
रुपन्देहीको सिदार्थनगरमा ११ पिपरैयामा केहिबेर अघि प्रहरीले गोली चलाएको हो । प्रहरीको गोली लागी आपराधीक समुहका दिलीप कुमार धोवीको मृत्यु भएको छ ।
प्रहरीले आपराधीक समुहका धिनक धोवीलाई पक्राउ गरेको छ । सोही क्रममा तिन प्रहरी समेत घाइते भएका छन् । घटना स्थलबाट प्रहरीले एकथान पेस्तोल समेत बरामद गरेको छ । घटनाको बिस्तृत बिबरण भने आई सकेको छैन ।
