मंगलबार दिउँसो प्रहरीको गोली लागेर घाइते विप्लव कार्यकर्ता तीर्थराज घिमिरेको मृत्यु भएकाे छ । भोजपुरको टेम्केमैयुङ्ग गाउँपालिका–२ स्थित मैयुङ्ग क्षेत्रको धोद्रे जङ्गलमा मंगलबार दिउँसो प्रहरी संग विप्लव कार्यक्रताकाे गाेली हानाहान भएकाे थियाे ।
मृतक ३२ वर्षीय घिमिरे षडानन्द नगरपालिका–२, कुदाककाउलेका हुन् । उनकाे तिघ्रामा प्रहरीले हानेकाे गोली लागेको थियो । भोजपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले प्रारम्भिक उपचारपछि थप उपचारका लागि लगिँदै गर्दा उनको बाटैमा मृत्यु भएको बताएका छन । भोजपुर नगरपालिकास्थित भैसीपंखाको आइतबारे भीर नजिकै खसेकाे पहिरोले बाटाे अवरुद्ध भएपछि समयमा अस्पताल पुर्याउन नसकिएको प्रमुख जिल्ला अधिकारी खतिवडाले बताए ।
मुठभेडका क्रममा गोली लागेकाे प्रहरीकाे दाबी, विप्लव द्वारा खण्डन
मुटभेटमा दाेहाेरा गाेली चल्दा उनलाइ गाेली लागेकाे प्रहरीले दावि गरेकाे छ । तर विप्लव समूहले भने प्रहरी दाबीको खण्डन गरेको छ । नेकपा सगरमाथा व्युरोका नेता शैलेसले प्रहरीसँग कुनै मुठभेड नभएको बताए । आफ्ना कार्यकर्तालाई नियन्त्रणमा लिएर प्रहरीले हत्या गरेकाे भन्दै उनले आक्रोस पोखे ।
‘प्रहरीले मुठभेडका क्रममा गोली लागेको भनेको छ । यो सरासर झूट कुरा हो’, नेकपा सगरमाथा व्युरोका नेता शैलेसले भने, ‘मुठभेडका नाममा नियन्त्रणमा लिएर हत्या गरिएको हाे ।’
केही दिनदेखि विप्लवका हतियारधारी समूह भोजपुर, खोटाङ्ग र सोलुखुम्बुको सीमा क्षेत्र आसपास घुमिरहेको सूचनाका आधारमा जनपथ तथा सशस्त्र प्रहरीको टोली त्यहाँ पुगेको थियो । गस्तीमा पुगेको प्रहरी टोलीमाथि आक्रमण भएपछि जवाफी फायर गरेको प्रहरीको दाबी छ । प्रहरीले पेस्तोल, गोली, बायनाकुलर, प्रचारप्रसारका सामग्री समेत बरामद गरेकाे बताएकाे छ ।
सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगाएपछि यसका नेता तथा कार्यकर्ताहरुलाई नियन्त्रणमा लिँदै आएको छ । केही स्थानमा मुठभेडसमेत भएका छन् । तर, ज्यान नै गएको घटना भने यो पहिलो हो ।
याे पनि पढनुहाेस,

