Naya Media
सोमवार, साउन ४, २०८३
| | July 19, 2026
सोमवार, साउन ४, २०८३

पाँचथरमा भएकाे सामुहिक हत्याकाे वास्तविकता चाँडै सार्वजनिक हुन्छ- गृहमन्त्री थापा

"भागेर बाँच्न सफल १३ वर्षीय बालिकाकाे उपचारकाे पुर्ण व्यवस्था भएकाे छ"

User Photo बुधबार, जेष्ठ ८, २०७६
काठमाण्डाै ।

गृहमन्त्री रामबहादुर थापाले पाँचथर म्याक्लाजुङ हत्याको वास्तविकता चाँडै सार्वजनिक गरिने बताउनु भएको छ ।  म्याक्लाजुङ आरुबोटेमा सोमबार राति २ परिवारका ९ जनाको वीभत्स हत्या भएको छ । बमबहादुर फियाक र ज्वाई धनराज शेर्मा परिवारलाई विभत्स गरिएको हो ।

‘सामूहिक हत्या सुरक्षा निकायले अनुसन्धान गरिरहेको छ’ उहाँले बुधबार राष्ट्रियसभ बैठकमा भन्नुभयो, ‘हत्याको तथ्य छिट्टै सार्वजनिक हुन्छ ।’ मन्त्री थापाले हत्या अनुसन्धानमा सक्दो सहयोग गर्न त्यहाँका बासिन्दालाई आह्वान गर्नुभएको छ । गृहमन्त्री थापाले घटनास्थलमा भेटिटएका ९ जना र नजिकैको जंगलमा झुण्डिएको अवस्थामा एक जनाको शव पोष्टमार्टमका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको जानकारी दिनुभयो ।

हत्या अनुसन्धानका लागि नेपाल प्रहरीे केन्द्रीय अनुसन्धान ब्युरो टोली घटनास्थल पुगेको छ । घटनामा भागेर बाँच्न सफल १३ वर्षीय बालिका सिता खुजुमको दमकस्थित अस्पतालमा उपचार भइरहेको छ । मन्त्री थापाले उनको उपचार व्यवस्था मिलाइएको बताउनु भयो ।

पढ्नु भयाे ?

नाै जनाको विभत्स हत्या भएकै स्थानमा युवकको झुण्डिएको अवस्थामा फेला

 

 

मिक्लाजुङ हत्याकाण्डः एकजनाको मात्रै संलग्नता हुन सक्ने प्रारम्भिक अनुमान

 


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.