Naya Media
शनिबार, बैशाख १२, २०८३
| | April 25, 2026
शनिबार, बैशाख १२, २०८३

धादिङको महादेवबेंशी र नौबिसेमा पनि बम, सेनाको टोली द्वारा निष्कृय पारियाे

विष्फोट र विष्फोटक पदार्थ भेटिए संगै सर्वसाधारण त्रसित

User Photo सोमवार, जेष्ठ १३, २०७६
काठमाण्डाै ।

पृथ्वी राजमार्गअन्तर्गत धादिङको महादेवबेंशी पुलमा फेला परेको विष्फोटक पदार्थलाई नेपाली सेनाको टोलीले झण्डै चार घण्टापछि निष्कृय पारेको छ ।

आइतबार राति साढे १ बजेतिर फेला परेको शंकास्पद नेपाली सेनाको टोलीले सोमबार बिहान साढे ५ बजेतिर निष्कृय पारेको हो । विष्फोटक पदार्थ निष्कृय पार्न गजुरीबाट नेपाली सेनाको टोली बोलाइएको थियो ।

खानीखोला प्रहरीका अनुसार सो विष्फोटक पदार्थ सकेट बम रहेको खुलेको छ । यसैबीच धादिङकै नौबिसेमा पनि शंकास्पद बस्तु फेला परेको छ । अहिले सो स्थानलाई नेपाली सेनासहितका सुरक्षाकर्मीले नियन्त्रणमा लिएर निष्कृय बनाउने प्रयास गरिरहेका छन् ।

काठमाडौंमा चार जनाको ज्यान जानेगरी बम विष्फोटका घटनापछि अन्य बिभिन्न जिल्लाहरुमा पनि विष्फोटक पदार्थहरु भेटिएका छन् । विष्फोट र विष्फोटक पदार्थ भेटिएका घटनाले सर्वसाधारण त्रसित छन् । सवारी साधन पनि कम चलेका छन् । पृथ्वी राजमार्ग क्षेत्रमा सुरक्षाकर्मीहरुले स्कर्टिङ गरेर गाडीहरुलाई गन्तव्यमा पुर्‍याइरहेका छन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.