Naya Media
शनिबार, बैशाख १२, २०८३
| | April 25, 2026
शनिबार, बैशाख १२, २०८३

लोकसेवाको विज्ञापन रद्द गर्न दिइएकाे निर्दशन विरुद्ध प्रदर्शन, आफ्ना मान्छेलाई घुसाउन प्रपञ्च रचेकाे आराेप

User Photo मङ्लबार, जेष्ठ २८, २०७६
काठमाण्डाै ।

लोकसेवा आयोगको विज्ञापन रद्द गर्न संसदको राज्य व्यवस्था तथा सुशासन समितिले दिएको निर्दशनविरुद्ध युवाहरु प्रदर्शनमा उत्रिएका छन् । प्रदर्शनका क्रममा मंगलबार बिहान काठमाडौंको माइतीघरमा जम्मा भएका युवाहरुको एक समूहले लोकसेवाको विज्ञापन रोक्ने निर्देशनको विरोध गरेका हुन् ।

आन्दोलनकारी विधार्थीहरुले लोकसेवा आयोगको विज्ञापन खारेज गरी सरकारले नियतवश आफ्ना मान्छेलाई करारमा भर्ना गरी जागिर खुवाउने प्रपञ्च रचेको आरोप लगाएका छन् ।

प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले ‘करार भर्ना बन्द गर ।’ ‘राज्य व्यवस्था समिति मुर्दावाद’जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए । प्रदर्शनमा लोक सेवा परीक्षा दिनका लागि आवेदन दिएका विद्यार्थीलगायत अन्य विद्यार्थीहरु सहभागिता छ ।सोमवारसम्म देशभरीबाट करिब ८० हजार जनाले अनलाइन माध्यमबाट फारम भरिसकेको लोकसेवा स्रोतले जनाएको छ ।

लोकसेवा आयोगले स्थानीय तहमा कर्मचारी भर्नाका लागि यही जेठ १५ गते विभिन्न पदमा करिब नौ हजार कर्मचारीका लागि विज्ञापन निकालेको थियो ।विज्ञापन समावेशी नभएको भन्दै आवाज उठिरहँदा सोमबार बिहान बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले कर्मचारी भर्ना प्रक्रिया रोक्न निर्देशन दिएको थियो ।

यसैबीच कर्मचारी मागको विज्ञापन समावेशी समानुपातिक सिद्धान्त र संघीयताको मर्मविपरित भएको भन्दै सामान्य प्रशासन मन्त्रालय र लोकसेवा आयोगलाई प्रक्रिया रोक्न सर्वोच्चमा रिट परेको छ।

अधिवक्ता विकासकुमार ठाकुरले लोकसेवा आयोग केन्द्रीय कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लगायतलाई विपक्षी बनाई हिजो दायर गरेको रिट निवेदनमा स्थानीय तहका विभिन्न सेवा समूहका अप्राविधिक, प्राविधिकतर्फ पदको खुला तथा समावेशी विज्ञापन संविधानको भावनाविपरीत भएको उल्लेख गरी रद्द गर्न र समावेशी बनाउन माग गरिएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.