काठमाडौँ जिल्ला अदालत बार एकाइको यही असार १४ गते निर्वाचन हुदैछ । अध्यक्षमा तीन जनाले उम्मेदवारी दिएका छन्, जस मध्यका एक उम्मेद्वार हुन चर्चित युवा अधिवक्ता रामचन्द्र (आरसी) गौतम । त्यस्तै लोकतान्त्रिक समूहबाट जगदीश घिमिरे र प्रगतिशील समूहबाट कुमार आचार्यकाे समेत उम्मेद्वारी परेकाे छ ।
सबै क्षेत्रमा युवा नेतृत्वकाे बहस चलिरहेकाे बेला देशकै सबैभन्दा धेरै मतादाता वा कानुन व्यावशायी आवद्ध यस एकाइमा युवा कानुनव्यावशायी गाैतमकाे उम्मेद्वारी पनि सकारात्मक मान्नु पर्ने केही कानुन व्यावशायीहरूकाे भनाइ छ ।
युवाले नेतृत्व पाउनुपर्छ वा दिइनुपर्छ भन्ने सबै साथीहरूले समेत युवा नेतृत्वकाे चयनका लागी भाेट गर्नुपर्छ । गाैतम भन्छन, “कुनै पनि पार्टीकाे गन्ध बारमा आउनु हुदैन । त्यसका लागी म प्रतिबध्द छु ।”
डिलए निकट कानुन व्यवसायीहरुको भेलाबाट अध्यक्ष पदको लागि उम्मेदवारीको घोषणा गरेका गाैतम आफु निर्वाचित भएपछी काठमाण्डाै जिल्ला अदालत बार देशकै नमुना बार बनाउने र यसका लागी प्रयाप्त तयारी र याेजना समेत बनाइसकेकाे बताउछन । अवका दिनमा काठमाण्डाै बार कुनै एउटा समुहकाे बार नरहने समेत उनकाे भनाइ छ । निर्वाचित भएपछीकाे मुख्य कार्य कसैकाे मेराे मान्छे बारमा छ वा कुनै समुहकाे मात्रै बार नभइ सम्पुर्ण युवाहरूकाे हाम्राे बार भन्ने स्थितीकाे निर्माण गर्नु हुने, उनी बताउछन ।
गाैतमलाइ भाेट किन हाल्ने ? याे भिडियाे हेर्नुहाेस ।
https://youtu.be/DSHXqPmlWnI
