Naya Media
शनिबार, बैशाख १२, २०८३
| | April 25, 2026
शनिबार, बैशाख १२, २०८३

समता अस्पतालमा झुण्डिएको अवस्थामा महिलाको शव, आफन्त द्वारा अस्पतालमा तोडफोड

User Photo मङ्लबार, असार ३, २०७६
काठमाण्डाै ।

राजधानीको बौद्धस्थित समता अस्पतालमा झुण्डिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । महिला मृत फेला परेसँगै आफन्तले अस्पतालमा तोडफोड गरेका छन् ।

२७ वर्षीया विमला तामाङको शव सोमबार राति अस्पतालमा झुण्डिएको अवस्थामा फेला परेको हो । रामेछाप दोरम्बा घर भएकी उनी त्यही अस्पतालमा क्लिनरका रुपमा काम गर्दै आइरहेकी थिइन् ।

काठमाडौं प्रहरी परिसरका एसपी अशोक सिंहले समतामा कार्यरत तामाङको शव झुण्डिएको अवस्थामा फेला परेको जानकारी दिए  । यसबारे अनुसन्धानका लागि परिसरबाट डीएसपी होमिन्द्र बोगटीसहितको टोली घटनास्थल पुगेको छ । घटनापछि आफन्तले अस्पतालकाे तोडफोडमा उत्रिएका छन् । तोडफोडपछि अस्पताल अशान्त बनेको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.