Naya Media
शनिबार, बैशाख १२, २०८३
| | April 25, 2026
शनिबार, बैशाख १२, २०८३

दुईवटा पेस्तोल र चारवटा म्यागजिन सहित ‘विप्लव’ समुहका दुईजना पक्राउ

User Photo सोमवार, असार ९, २०७६
काठमाण्डाै ।

पेस्तोल र गोलीसहित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका दुईजनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ। मोरङको कानेपोखरी ६ बाट सुन्दरहरैंचा नगरपालिकाका ४३ वर्षीय अशोक राई र कानेपोखरी गाउँपालिका–६ का ३४ वर्षीय कन्सा माझी धिमाललाई इलाका प्रहरी कार्यालय बेलबारीले आइतबार पक्राउ गरेको हो।

मोटरसाइकलमा सवार उनीहरुबाट प्रहरीले दुईवटा पेस्तोल, चारवटा म्यागजिन र १४ राउण्ड गोली बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए।

उनले भने, सोमबार तीन बजेतिर थप विवरणसहित पत्रकार सम्मेलन गर्नेछौँ । अहिले विप्लव कार्यकर्ता हुन भन्नेतर्फ अनुसन्धान भइरहेको छ।पक्राउ परेका राई ‘विप्लव’ समूहका जिल्ला सेक्रेटरी र धिमाल कार्यकर्ता भएको बताइन्छ। सरकारले ‘विप्लव’ समूहलाई प्रतिबन्ध लगाएपछि उनीहरु भूमिगत रहँदै आएका थिए।

हतियारसहित एक व्यापारीसँग माग गरिएको चन्दा असुल्न को १७ प ४५९६ नम्बरको मोटरसाइकलमा गइरहेका बेला इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामकुमार राईको नेत्रृत्वमा चेकजाँचमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो। विप्लव समूहले केही समययता नाम ठेगाना गोप्य राखिएको व्यापारीबाट ७ लाख रुपैयाँ चन्दा माग गरिरहेको बताइएको छ।

प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेपछि व्यापारीसँग माग गरिएको चन्दा वापतको रकम उठाउन गएको खुलेको हो ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.