भक्तपुरको चाँगुनारायण नगरपालिका–७, बाँसबारीकी ईश्वरी भट्टराईले आफूलाई जन्म दिने आमाको हत्या गरिन । यसकाे मुख्य कारण भने विवाह पछीकाे सम्बन्ध लुकाउन भएकाे खुलेकाे छ ।
२७ वर्षीया ईश्वरीले सोनाम थापा मगरसँग बिहे गरेकी थिएन । नौ वर्षअघि बैबाहिक सम्बन्धमा बाँधिएका उनीहरुको एक छोरा पनि छ । घरगृहस्थी चलेकै थियो ।
ईश्वरी गार्मेन्ट कारखानामा काम पनि गर्थिन । त्यही क्रममा सिरहाका मोहमद नौसादसँग नजिकिइन् । उनीहरुको सम्बन्ध यति घनिष्ठ भयो कि गार्मेन्टको काम छोडेपछि पनि नौसाद बाँसबारीस्थित ईश्वरीको घरसम्मै आउन थाले ।
सोनामा एयरपोर्ट अगाडि होटल गर्थे, त्यसले पनि नौसादलाई ईश्वरीको घरसम्म आउन सहज भयो । ईश्वरीकी आमा साबित्री थापा सिन्धुपाल्चोकबाट बेलाबेला छोरीज्वाइँ कहाँ आइरहन्थिन् ।
त्यही क्रममा उनले छोरीको विवाहेत्तर सम्बन्धबारे थाहा पाइन् । छोरीको घरबार भाँडिने देखेपछि उनले ज्वाइँ सोनाम थापा मगरलाई सबै कुरा भनिदिने भन्दै सचेत गराइन् ।
आफ्नी छोरीलाई छाड्न र विदेश जान भन्दै सावित्रीले नौसादलाई १ लाख रुपैयाँ पनि दिइन् । नौसाद ९ जेठमा यूएई पनि पुगेका थिए तर, अर्कै योजना बन्यो ।
महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी सहकुल थापाकाअनुसार यूएई पुगे लगत्तै सामाजिक सञ्जालमार्फत दुई जनाबीच कुराकानी हुनथाल्यो । उनीहरु विवाह गर्न चाहन्थे तर, त्यसका लागि आमा तगारो बनेको माने ।
‘आमा रहुञ्जेल विवाह हुन नसक्ने निष्कर्ष निकालेर दुई जनाले हत्याको योजना बनाएको देखिन्छ’, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) थापाले भने ।
नौसाद एक्लैले हत्या गर्न नसक्ने बताएपछि भारतबाट दुई जना कन्ट्राक्ट किलर प्रयोग गर्ने उपाय निकाले । नौसाद १० असारमा सुटुक्क यूएईबाट फर्किए । कन्ट्राक्ट किलर खोज्न १२ गते भारततिर लागे । अर्जुनकुमार भनिने भोलाकुमार र मोहम्मद रसिदलाई लिएर १४ गते नेपाल आए ।
त्यतिन्जेल ईश्वरीले सीम कार्डको जोहो गरिसकेकी थिइन् । ‘दिदीको नागरिकताबाट सीम कार्ड निकालेर पहिल्यै दिएकी रहिछिन्’, साबित्री हत्याको अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘नेपाल आएपछि आमाको हत्या नहुञ्जेल भेटघाट र कुराकानी पनि नगर्ने योजना रहेछ ।’
हत्यामा तीन जनाको संलग्नता
ईश्वरीकै संलग्नतामा सावित्रीको हत्या गर्ने योजना बनेकाले उनीहरुलाई सूचनाको कुनै अभाव भएन । पछिल्लो पटक सावित्री करिव एक महिना अघि छोरीज्वाइँ कहाँ आएकी थिइन् । त्यही बेला उनको हत्या गर्ने योजना बन्यो ।
घटना घटाउने दिन ईश्वरी घरमा नबस्ने योजना भएकाले उनी आइतबार विहानै दिदीकहाँ जान्छु भन्दै हिँडिन् । सोनाम पनि होटलतिर लागे । त्यही मौकामा २ जना घरमा पुगेको प्रहरी अनुसन्धानले देखाएको छ । सावित्राले नौसादलाई चिनिन् , तँ किन आएको भन्दै कराइन् । यो सुनेकी छिमेकीले के भयो आमा भनेर सोधेकी पनि थिइन् । तर उनीहले केही होइन, आफन्त नै हो भने ।
छिमेकी आफ्नो कामतिर लागे । केहीबेर छिमेकी त्यही घरमा गइन्, सावित्री र उनीहरू त्यहीँ थिए । छिमेकीले बच्चा स्कुल लैजान ढिला भयो भनेपछि सावित्री नातीलाइ ठीक पार्न लागिन् ।
केही घन्टामा त उनको हत्या भएको खबर सुनेको छिमेकीले बताए । आफूले मुख थुनेको अर्जुनले हात समाएको र रहिशले घाँटी रेटेर हत्या गरेको बयान नौसादले दिएका छन् ।
घटनाको प्रयोग भएको चक्कु अर्जुन र रहिशले नै चक्कु ल्याएका थिए । घटनापछि भागेर धादिङको गजुरी पुगेका नौसाद साँझ ७ बजे प्रहरी फन्दामा परे । लगत्तै, सावित्रीको हत्या योजनामा उनकै छोरी ईश्वरीको संलग्नता खुल्यो । उनैले १२ लाखमा दुई जना व्यक्ति हत्यामा खटाइएको पनि खुलाइदिए ।
प्रेमी प्रेमिकाले भाडामा प्रयोग गरेका दुई अपराधी पनि भागेर सीमा काट्ने तयारीमा थिए । तर, अपराध महाशाखाको प्राविधिक विश्लेषणका आधारमा उनीहरु मकवानपुरमा देखिए र सोमबार बिहान पक्राउ परे । उनीहरुको साथबाट घटनामा प्रयोग भएको चक्कु पनि बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार नैसाद पक्राउ पर्नु अघि ईश्वरीले आमाको हत्या भएको भन्दै बिलौना मात्र गरेकी थिइनन्, हत्यारा पक्राउ गर्न माग गर्दै आएकी थिइन् । तर नौसाद पक्राउ परेपछि उनले आफ्नो अपराधकर्म स्वीकार गरेका छन् ।
हत्यापछि रकम दिने समझदारी
अनुसन्धानअधिकृतका अनुसार कन्ट्राक्ट किलरले नौसादसँग मोटो रकम माग गरेका थिए । तर, ईश्वरीले त्यसको चिन्ता नगर्न भनेको नौसादले बताएका छन् । ‘काम फत्ते भएपछि पैसा दिने कुरा भएको थियो’, उनले प्रहरीसँग भनेका छन् ।
