राेजगारीका लागी भारत गएका एक युवकलाई जवरजस्ती लिङ्ग परिवर्तन गराईएकाे घटना सार्वजनिक भएकाे छ । कञ्चनपुरको कष्णपुर नगरपालिका- १ दोमिल्ला घर भएका सुरेन्द्र सिंह माल २०७२ सालमा रोजगारीका लागि भारत गएका थिए तर फर्किदा उनी युवती भएर घर फर्केकाछन।
राष्ट्रिय बाल विद्यालयमा कक्षा–१२ को परिक्षा दिएर काम गर्न भनी गएका सुरेन्द्र आफ्नै फुपाजू र दाईसँग भारतको जम्बु पुगेका थिए । सुरुमा उनि कपडा पसल र घरायसी कामदारको रुपमा काम गर्न थाले । त्यसको करिब चार महिनापछि आफु गेष्ट हाउसमा काम गर्न थालेको उनी बताउछन ।
गेष्ट हाउसमा काम गर्ने अवसरमा गुरु जी नाम गरेको किन्नर (तेस्रो लिङ्गी) को नजर गोरो वर्ण, मिलेको जिउँडाल र आर्कषक अनुहार भएका सुरेन्द्रमाथि पर्याे । त्यसपछि गुरु जी नियमीत गेष्ट हाउस आउन थालेको सुरेन्द्रकाे भनाइ छ । त्यसपछि उनले सुरेन्द्रसँग आफ्नो घरमा काम गर्न आग्रह गर्दैँ दोब्बर तलब दिने प्रलोेभन देखाए ।
गेष्ट हाउसको भन्दा दोब्बर कमाईने भएपछि सुरेन्द्र उनको घरमा काम गर्न गए । गुरु जी ले भने अनुसार नौ हजार मासिक तलब दिन पनि थाले । तर घरमा पुगेपछि उनले थाहा पाए की गुरु जी तेस्रो लिङ्गी रहेछन र त्यहाँ अन्य तेस्रो लिङ्गी व्यक्ति समेत बस्थे ।
घरको काम गर्दा–गर्दै उनलाई तेस्रो लिङ्गी बन्न बारम्बार आग्रह गरियो । विभिन्न किसिमका यातना दिन थालेपछि उनी फुपाजु धनसिंह बोहराको सहयोगमा गुरु जीको हातबाट फुत्कीन सफल भए ।
भागेर हरिद्धार आएका सुरेन्द्र बुवासँगै बस्न थाले । उनका बुवा जैराज माल लामो समय देखि भारतमै ड्राइभर पेसा गर्दैँ आएका थिए । बुवासँगको सल्लाहमा उनिले हरिद्धारमा कम्प्युटर सिक्न थाले । कम्प्युटर सिकि सकेपछी उनी हरिद्धारकै मेघा सोपीङ् सेन्टरमा काम गर्न थाले ।
सुरेन्द्रका बुवा बाहिर भएकाे मौका छोपी जम्बुका गुरु जी सुरेन्द्रको डेरामा पुगे । उनलाई अपहरण शैलीमा गाडीमा हालेर चण्डिगढ पुर्याईयाे । त्यही उनलाई जबरजस्ती केही कागजपत्रमा हस्ताक्षर गर्न लगाईयो । ज्यान मार्ने धम्की दिएर वकील समक्ष आफु लिङ्ग परिर्वतन गर्न तयार रहेको कागज तयार पारिएकाे सुरेन्द्र बताउछन ।
त्यसपछि उनलाई बेहोस बनाईयो । पाँच दिनपछि होसमा आएको सम्झीदैँ सुरेन्द्रले भने ‘होसमा आएपछि थाहा पाए की मेरो लिङ्ग काटी सकेको छ, जोरले रुन थाले आफन्त कोही थिएन’ उनले भने । ‘रोएपछि अप्रेसन बिग्रीने भन्दैँ नरुन चिकित्सकले सल्लाह दिए, फेरी मलाई बेहोस पारियो दुई दिनपछि पुनः होसमा आए’ उनले थपे । अप्रेसनपछि केहि महिना उनलाई आराम गर्न लगाईयाे ।
केही समय पछी त आफुमा फरक भावना पैदा हुन थालेकाे अच्चम मान्दै उनी भन्छन, ‘लिङ्ग परिर्वन संगै हार्मोन समेत परिर्वतन गरिएकोले यस्ताे भएकाे हाेला ।’
लिङ्ग परिर्वतन भएपछि आफुलाई परिवार तथा आफन्तसँग भेटन अप्ठारो लागेकाे उनकाे भाेगाई छ । अप्ठेराेकै कारण ‘गुरु जी कै अन्डरमा डान्स बारमै काम गरे । परिवारलाई मुख कसरी देखाउनु, भनेर दास भएर त्यही काम गरे । बारमा केटाहरु आउथे, उनिहरुलाई मनोरञ्जन गराउनु पर्थ्याे’ उनले भने ।
उनी भागेर नेपाल आए पनि भारत फर्कीन दबाब आईरहेकाे छ । उनलाई लिन गुरु जीले तीन जनालाई नेपाल सम्म नै पठाएको छ । आफुहरु अमर उज्यालाको पत्रकार भएको बताउँदै नेपाल छिरेरका उनीहरू प्रहरी नियन्त्रणमा छन् ।
अंङ्गभंङ्ग कसुरसँग जोडिएको आंशकमा चारै जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने पिडीत पक्षले दोषीलाई कारवाही र क्षतीपुर्तीको माग गर्दै उनीहरु विरुद्ध उजुरी गरेकाछन ।
सुरेन्द्रका बुवा जैराज मालले छाेरामाथि अत्याचार गर्ने भारतीय विरुद्ध उजुरी गरेकाे बताएकाछन । कसुर प्रमाणित भए मुलुकी अपराध संहिता २०७४ को दफा एक सय ९२ अनुसार पिडकलाई १० वर्ष कैद तथा एक लाख जरिवाना हुने कानुनी व्यवस्था छ ।
