Naya Media
शनिबार, बैशाख १२, २०८३
| | April 25, 2026
शनिबार, बैशाख १२, २०८३

तरकारी र फलफूलको विषादी परीक्षण गर्न माग गर्दै सर्वोच्चमा रीट दर्ता

User Photo मङ्लबार, असार २४, २०७६
काठमाण्डाै ।

तरकारी र फलफूलको विषादी परीक्षण गर्न माग गर्दै सर्वोच्चमा रीट दर्ता भएको छ। भारतबाट नेपाल भित्रिने तरकारी र फलफूलको अनिवार्यरुपमा विषादी परीक्षण गर्न माग गर्दै मंगलबार सर्वोच्च अदालतमा रीट दर्ता भएको हो।

स्वतन्त्र राष्ट्रिय अभियानका तर्फबाट अधिवक्ता स्वागत नेपाल र नारायणप्रसाद दुवाडीले दर्ता गराएको रीटमा भारतबाट आउने र नेपालमै उत्पादन हुने तरकारी र फलफूल अनिवार्यरुपमा परीक्षण गराएर मात्रै उपभोक्तामाझ विक्री वितरण गर्नुपर्ने व्यवस्थाका लागि आदेशको माग गरिएको छ।

विषादीयुक्त तरकारी र फलफूलले गर्भमा रहेको शिशुलाई समेत असर गर्ने भन्दै स्वास्थ्य खान पाउनु नागरिकको मौलिक हकसमेत भएकाले जाँच्ने मेसिनको अभावको बाहनामा विषादीयुक्त तरकारी बेच्न नपाइने रीट निवेदनकहरुको जिकिर छ। विषादीयुक्त भारतीय तरकारी नेपालमा बेच्न छुट दिने मन्त्रिपरिषदको असार १९ को निर्णय खारेज हुनुपर्ने रिट निवेदकहरुले माग गरेका छन्।

रिटमा स्वदेशी सरकारी र फलफूलको समेत अनिवार्य परीक्षण हुनुपर्ने आदेशको माग गरिएको रिट निवेदन स्वागत नेपालले बताए। अधिवक्ता नेपालले भने, ‘मौलिक हकसँग जोडिएको विषयमा राजपत्रमा प्रकाशित भइसकेको सूचनालाई सच्याउन मिल्दैन भन्ने पनि हाम्रो माग रहेको छ।’ अधिवक्ता नेपाल आइतबार नै सर्वोच्च अदालतमा रिट लिएर गएका थिए । तर, सर्वोच्चका सहरजिष्टारले क्याबिनेटको निर्णय कपी चाहिन्छ भन्दै पत्रिकामा छापिएको समाचारका आधारमा रिट दर्ता गर्न नमिल्ने भन्दै फिर्ता गरिदिएका थिए।

भारतीय दूताबासको पत्र र क्याबिनेटमा दर्ता गएको प्रस्तावको फोटोकपी समावेश गरेपछि मंगलबार अदालतले रीट दर्ता गर्न मानेको नेपालले बताए। रीटमाथिको पहिलो छलफल बुधबारका लागि तोकिएको छ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.