Naya Media
शनिबार, बैशाख १२, २०८३
| | April 25, 2026
शनिबार, बैशाख १२, २०८३

‘धर्ती माता’ थुनामुक्त, पीडितले उजुरी नदिँदा अनुसन्धान फितलो

User Photo मङ्लबार, असार २४, २०७६
काठमाण्डाै ।

काठमाडौंको भद्रकाली मन्दिरमा युवतीलाई यातना दिने महिला विष्णु कुँवर ‘धर्ती माता’ थुनामुक्त भएकी छन् । काठमाडौं प्रहरी परिसरले उनीमाथि दुई वटा मुद्दा चलाए पनि दुवै मुद्दामा धरौटीमा छाड्ने आदेश भएको हो ।

मुलुकी अपराध संहितामा भएको अपमानजन्य व्यवहार सम्बन्धी कसुरमा जिल्ला अदालत, काठमाडौंले २० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । अभद्र व्यवहारसम्बन्धी मुद्दामा जिल्ला प्रशासन कार्यालय, काठमाडौंले १० हजार रुपैयाँ धरौटी मागेको छ ।

अदालत र प्रशासन दुवै निकायमा धरौटी वापतको रकम बुझाएर उनी थुनामुक्त भएको काठमाडौं प्रहरीका डीएसपी होविन्द्र बोगटीले बताए । काठमाडौं प्रहरी परिसरको विशेष टोलीले उनलाई १३ असारमा बालाजुबाट पक्राउ गरेको थियो ।

उनले सर्वसाधारणको भिडका बीच युवतीलाई यातना दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि सर्वत्र चासो बढेको थियो । घटनालाई लिएर सर्वसाधारणले प्रहरी प्रशासनको आलोचना गर्न थालेपछि उनी पक्राउ परेकी थिइन् ।

तर, पीडितले उजुरी नदिँदा अनुसन्धान फितलो बनेको प्रहरीले बताएको छ । भिडियोमा कुँवरले युवतीलाई पिट्दै ‘तँ को होस्, छिटो निस्की’ भनेर गाली गरेको देखिएको थियो ।

उनले ‘तेरो मासु खाम्ला, मलाई चिन्’, जस्ता शब्दको पनि प्रयोग गरेकी थिइन् । भिडियोमा दुई प्रहरी अधिकृत पनि देखिएका थिए । यदि पीडितले कुँवरविरुद्ध संहिताले बोक्सीको आरोपमा अपमानजन्य व्यवहार गरेको कसुरमा जाहेरी दिएको भए ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना र क्षतिपूर्तिको हुनसक्थ्यो ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.