Naya Media
सोमवार, साउन ११, २०८३
| | July 27, 2026
सोमवार, साउन ११, २०८३

ढलानमा टाउको ठोकी-ठाेकी सासुकाे हत्या, बुहारी पक्राउ

User Photo बुधबार, साउन १, २०७६
काठमाण्डाै ।

धुलिखेल नगरपालिका-१ देबिटारमा जेठी बुहारीबाट सासूको हत्या भएको छ। देबिटारकी ६३ वर्षीया माइलीमाया तामाङकी जेठी बुहारी सुन्तली तामाङले सासूको हत्या गरेको प्रहरीले जनाएको छ।

मंगलबार राति ९ बजेतिर आपसमा सासू बुहारीबीच झगडा भइरहेको भन्ने सूचना आएसँगै प्रहरी घटनास्थाल पुगेको थियो। मृतक माइलीमाया तामाङको शव घरमै मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक निञ्जन भट्टराईले बताए।

सासू- बुहारीबीच झगडा हुँदा बुहारीले सासूलाई लछार पछार तथा कुटपिट गरी भुँइमा पछार्दा ढलानमा टाउको ठोकी घटनास्थलमै मृत्यु भएको हुनसक्ने प्रहरी निरीक्षक भट्टराईले बताए।

प्रहरीले बुहारी सुन्तली तामाङलाई राति नै पक्राउ गरेको छ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक भट्टराईले बताए।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.