Naya Media
मङ्लबार, भदौ २३, २०८३
| | September 7, 2026
मङ्लबार, भदौ २३, २०८३

सबैभन्दा बढी अपराध हुने जिल्ला : काठमाडौं

User Photo बुधबार, भदौ १८, २०७६
काठमाण्डाै ।

काठमाडाै‌ं । मुलुककै सबैभन्दा बढी अपराध हुने जिल्लाको अग्रपंक्तिमा काठमाडौं देखिएको छ ।

प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागले गरेको अध्ययनले राजधानीमा सबैभन्दा बढी अपराध हुने गरेको देखाएको हो ।

भागका एक अधिकृतका अनुसार आर्थिक वर्ष ०७५/७६ मा गरिएको वार्षिक अध्ययनमा काठमाडौंमा सबैभन्दा बढी ८ हजार ५ सय ५९ मुद्दा दर्ता भएका छन् ।

राजधानीपछि पूर्वी नेपालको विराटनगर सबैभन्दा बढी अपराध हुने जिल्लामा पर्ने देखिएको छ । तथ्यांक अनुसार यो आर्थिक वर्षमा एक हजार ८ सय ८८ वटा मुद्दा दर्ता भएको देखिएको छ ।

मोरङपछि रूपन्देहीमा मुद्दा दर्ता संख्या बढी छ । प्रहरीका अनुसार यो आर्थिक वर्षमा रूपन्देहीमा एक हजार ८ सय ३५ मुद्दा दर्ता भएको देखिएको छ भने रूपन्देहीपछि सुनसरीमा १ हजार ७ सय ८३ मुद्दा दर्ता भएको देखिन्छ ।

सुनसरीपछि झापामा १ हजार ४ सय ३३ मुद्दा दर्ता भएको देखिन्छ भने कास्कीमा १ हजार २ सय ७७, कैलाली १ हजार २ सय ३५, चितवनमा एक हजार १ सय ७८, धनुषा १ हजार १ सय ८७ र बाँकेमा १ हजार १ सय ५८ वटा मुद्दा दर्ता भएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.