Naya Media
बुधबार, बैशाख १६, २०८३
| | April 29, 2026
बुधबार, बैशाख १६, २०८३

अफेयरमा भएको भन्दै जेल, बाहिर आएपछि श्रीमानद्वारा गोली हानी हत्या

६ पटक गोली चलाए

User Photo बुधबार, भदौ १८, २०७६
काठमाण्डाै ।

श्रीमतीलाई अदालतले अफेयरका कारण जेलको सजाय सुनाएको थियो । जेलबाट निस्किएपछि श्रीमानले गोली हानी हत्या गरेका छन् । घटना इराकको कुर्दिस्तानको हो । इन्डिपेन्डेन्ट डट को डट युकेको रिपोर्ट अनुसार महिलाको डेढ वर्षको जेल सजाय पूरा भएपछि जोडीबीच सम्बन्धविच्छेदको मुद्दा चलिरहेको थियो ।

आइतबार सम्बन्धविच्छेदको सुनुवाईपछि अदालत परिसर बाहिर श्रीमानले श्रीमतीको गोली हानी हत्या गरेका हुन् । इरबिल अदालत बाहिर कार पार्किङमा श्रीमानले ६ पटक गोली चलाएको बताइन्छ । स्मरण रहोस्, इराकी कुर्दिस्तानमा विवाहेत्तर सम्बन्ध राख्ने महिला–पुरुष दुबैलाई सजायको प्रावधान छ ।

इरबिल पुलिसका प्रमुख अब्दुल खालिक तलातले कुर्दिस्तान २४ सँगको कुराकानीमा आरोपीलाई घटनास्थलबाटै पक्राउ गरिएको जानकारी दिए । उनीमाथि हत्याको आरोप दर्ता गरिएको जानकारीमा उल्लेख छ ।

पुलिसका अनुसार सुरुवाती अनुसन्धानबाट यी दुईबीच सन् २०१८ देखि नै समस्या सुरु भएको हो । इरानी र कुर्दिश महिलासँग सम्बन्धित एक संस्थाले यसलाई अनर किलिंग बताएको छ ।

इरानियन एण्ड कुर्दिश वुमन राइट्स अर्गनाइजेशनकी एक्जेक्युटिभ डायरेक्टर डिआना नम्मीले दिएको जानकारी अनुसार अफेयरका कारण महिलालाई डेढ वर्षको जेल सजाय भएको थियो । जेलमुक्त भएपछि उनले सम्बन्धविच्छेदको माग गरिन् जसका कारण उनलाई गोली हानी हत्या गरियो । महिलाका पिताले हत्यापछि आफ्नी छोरीले न्याय पाएको भन्दै आरोपीको समर्थन गरेको उनले दाबी गरेकी छिन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.