Naya Media
बिहिबार, फाल्गुन २१, २०८२
| | March 5, 2026
बिहिबार, फाल्गुन २१, २०८२

अन्तर्राष्ट्रियकरण गरेर नेपाली भूमि फिर्ता गराउनुपर्छः अध्यक्ष केसी

User Photo बुधबार, मंसिर १८, २०७६
काठमाण्डाै ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अन्तर्राष्ट्रियकरण गरेर भएपनि भारतले मिचेको नेपाली भूमि फिर्ता लिनुपर्ने बताएका छन् । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले भारतले मिचेको नेपाली भूमि फिर्ता गराउन सरकारले कूटनीतिक पहल गर्नुपर्ने र फिर्ता नभए यो मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने बताए ।

पूर्वउपप्रधान मन्त्रीसमेत रहनुभएको अध्यक्ष केसीले भने, ‘मिचिएको भूमि फिर्ता गराउन सरकारले जुन रुपमा कूटनीतिक पहल गर्नुपर्ने थियो, त्यो गर्न सकेको छैन ।’ मिचिएको भूमि फिर्ता गराउन दबाब सिर्जना गर्नका लागि ‘कालापानी अभियान‘ अन्तर्गत मोटरसाइकल ¥यालीका साथै विभिन्न १२ ठाउँमा सभा गरिएको सो पार्टीले जनाएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.