Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 1, 2026
शनिबार, बैशाख १९, २०८३

बोक्सा भन्दै वडाध्यक्षमाथि कुटपिट, मानव मलमुत्र खुवाउने प्रयास

वडाध्यक्षकाे घरमा नेपाली कांग्रेसका नेता कार्यकर्ताकाे तालाबन्दी

सोमवार, मंसिर २३, २०७६
काठमाण्डाै ।

बोक्साको आरोपमा इच्छाकामना गाउँपालिका-२ का वडाध्यक्षमाथि कुटपिट भएको छ । उनलाई कालोमोसो दलेर मानव मलमुत्र खुवाउने प्रयाससमेत भएको छ ।

वडाध्यक्ष पञ्चबहादुर प्रजामाथि शनिबार साँझ स्थानीयबासीको एक समूहले कुटपिट गर्दै जुत्ताको माला समेत लगाइदिएका हुन् । जोखालाल चेपाङको घरमा भएको वडा कार्यालयमा नेपाली कांग्रेसका नेता कार्यकर्ताले तालाबन्दी गरेका थिए । तालाबन्दीपछि वडाको सामान सामुदायिक भवनमा सार्ने क्रममा विवाद भएको थियो । त्यही क्रममा उत्तरकुमार गुरुङ सहितको समूहले वडाध्यक्षलाई कालोमोसो दल्नुका साथै जुत्ताको माला लगाएका हुन् ।

उनीहरुले बोक्सा भएको आरोप लगाउँदै मलमुत्र पनि खुवाउन खोजेका थिए । ‘उनीहरुले दिसापिसाब पनि खुवाउँछौं भनेका थिए, मैले प्रतिकार गरेँ,’ वडाध्यक्ष प्रजाले भने, ‘घटना भएको बेला मसँग २/३ जना दाजुभाइ हुनुहुन्थ्यो, उहाँहरुमाथि पनि कुटपिट भएको छ ।’

घटनामा संलग्न भएको आरोपमा प्रहरीले उत्तरकुमार गुरूङ र बिर्खबहादुर गुरूङलाई पक्राउ गरेेको छ ।

नेकपाद्वारा कारबाहीको माग

पञ्चबहादुर चेपाङ इच्छाकामना गाउँपालिका वडानम्बर २ का नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवसमेत हुन् । यसैबीच नेकपाले विज्ञप्ति जारी गर्दै वडाध्यक्ष प्रजालाई कांग्रेस कार्यकर्ताहरुले दुर्व्यवहार गरेको भन्दै कारबाहीको माग गरेको छ ।

नेकपा चितवनका अध्यक्ष यमबहादुर परियार र सचिव कृष्णभक्त पोखरेलले जारी गरेको संयुक्त विज्ञप्तिमा लेखिएको छ, ‘आफूलाई प्रजातन्त्रको मसिहा ठान्ने नेपाली कांग्रेसको प्रजातान्त्रिक कुसंस्कार आम जनताबीच छर्लङ्ग देखिएको छ ।’

यस्तै नेपाल चेपाङ संघका अध्यक्ष भिमबहादुर चेपाङले पनि विज्ञप्ति जारी गर्दै दोषीलाई कारबाहीको माग गरेका छन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.