Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 1, 2026
शनिबार, बैशाख १९, २०८३

बाहिरबाट ताल्चा लगाईएकाे काेठामा आमा–छोरीको शव फेला

भाडामा बस्दै आएको घरकै कोठामा गन्हाएकाे अवस्थामा शव

मङ्लबार, मंसिर २४, २०७६
काठमाण्डाै ।

वीरगञ्ज महानगरपालिका–१२, मुर्लीस्थित शिवनगर टोलमा सोमबार साँझ आमा–छोरीको शव फेला परेको छ । अन्दाजी २२-२३ वर्षकी महिला र उनको एक-डेढ वर्षकी छोरीको शव फेला परेको हो । उनीहरु भाडामा बस्दै आएको घरकै कोठामा शव फेला परेको हो ।

शवको प्रकृति हेर्दा करिब ७/८ दिन अघि नै हत्या भएको हुन सक्ने प्रहरीको भनाइ छ । बाहिरबाट ताला लगाएको अवस्थामा कोठाभित्र भुईमा आमाछोरीको शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार घरधनीले कोठाबाट गन्ध आएको र भाडामा बस्दै आएका मानिस केही दिनदेखि नदेखिएको भन्दै प्रहरीलाई खबर गरेपछि प्रहरीले ढोका फोडेर हेर्दा आमाछोरीको शव गन्हाएको अवस्थामा फेला पारेको हो ।

प्रहरीका अनुसार उक्त कोठामा एक पुरुष र मृतक दुई जना गरी जम्मा तीनजना बस्दै आएका थिए । मृतक महिला र ती पुरुष पति–पत्नी रहेको बताइन्छ । घरबेटीले प्रहरीलाई दिएको जानकारीअनुसार उनीहरुले आफ्नो घर बाराको कलैया उपमहानगरपालिका–२६, सिसुवा बताएका थिए ।

तर पत्नी र छोरीको शव कोठामा कुहिन थालेको अवस्थामा पनि पति फेला नपर्नुले घटना रहस्यमय भएको प्रहरीको भनाइ छ । ‘उसले घरबेटीलाई दिएको विवरण अनुसार हामी सम्बन्धित क्षेत्रमा खोजतलास गरिरहेका छौं,’ अनुसन्धानमा संलग्न एक प्रहरीले भने, ‘अहिले नै केही भन्न सकिने अवस्था छैन ।’

प्रहरीले दुवै शव पोस्टमार्टमका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा पठाएको छ । पोस्टमार्टम रिपोर्टपछिमात्र घटनाबारे थप जानकारी हासिल हुने प्रहरी बताउँछ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.