Naya Media
आइतवार, बैशाख २०, २०८३
| | May 3, 2026
आइतवार, बैशाख २०, २०८३

नेकपा र कांग्रेसले संयुक्त प्यानल बनाउदा पनि पराजित, बार चुनाव दाङमा स्वतन्त्र उम्मेदवार विजयी

विद्रोही प्यानलबाट अध्यक्ष र उपाध्यक्ष विजयी

User Photo आइतवार, मंसिर २९, २०७६
काठमाण्डाै ।

नेपाल बार एसोसिएशन दाङको निर्वाचनमा नेकपा र कांग्रेसको संयुक्त प्यानलको उम्मेदवारलाई हराउँदै स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । अध्यक्षमा शिवप्रसाद घिमिरे ४ मत अन्तरले र उपाध्यक्षमा मणिराज आचार्य एक मत अन्तरले विजयी भएका हुन् ।

अध्यक्षमा विजयी घिमिरेले ६२ र उनका निकटतम प्रतिस्पर्धी ऋषिराज न्यौपानेले ५८ मत पाएका छन् । त्यस्तै उपाध्यक्षमा विजयी मणिराज आचार्यले ६० र उनका निकटतम प्रतिस्पर्धी ठाकुरप्रसाद ओलीले ५९ मत पाएका छन् । अध्यक्षमा निर्वाचित घिमिरे कांग्रेसका विद्रोही र उपाध्यक्षमा विजयी आचार्य नेकपाका विद्रोही उम्मेदवार हुन् ।

दाङ बारको चुनावमा नेकपा र कांग्रेस निकट कानुन व्यवसायीले संयुक्त रुपमा ऋषिराज न्यौपानेलाई अध्यक्ष र ठाकुरप्रसाद ओलीलाई उपाध्यक्षको उम्मेदवार बनाएका थिए । त्यसविरुद्ध विद्रोही उम्मेदवारहरुको छुट्टै प्यानल खडा गरिएको थियो । विद्रोही प्यानलबाट अध्यक्ष, उपाध्यक्ष र तीन सदस्य निर्वाचित भएका छन् ।

सचिवमा भने नेकपा र कांग्रेसको आधिकारिक प्यानलका सञ्जय कुमार केसी ७० मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नारायण प्रसाद डाँगीले ४९ मत पाए ।

त्यस्तै कोषाध्यक्षमा पनि नेकपा-कांग्रेस प्यानलकै ठाकुरप्रसाद गिरी ६४ मतसहित बिजयी भएका छन् । उनका निकटम प्रतिस्पर्धी प्रेमबहादुर ओलीले ५१ मत पाएका छन् ।

त्यस्तै सदस्यहरुमा हरि बेलबासे, नारायणप्रसाद रिजाल, भरत न्यौपाने, निर्मलेश्वरी दाहाल, निर्मला सुवेदी, ओमभक्त डाँगी, अच्युतराज न्यौपाने बिजयी भएका छन् ।

केन्द्रीय पार्षदहरुमा निश्चल हमाल, लुमबहादुर कार्की, नुमानन्द आचार्य, ललितबहादुर केसी, रिकण पौडेल, अर्जुनकुमार अधिकारी र गोपाल गिरि चुनिएका छन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.