Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३

सर्वसाधारणको हस्ताक्षर कीर्ते गरेर बैंकबाट रकम चोर्ने गिरोह सक्रिय, पैसा चोर्न बैंकमा १३०० खाता

३३० खाताको पहिचान, अन्यको हुन बाँकी

User Photo मङ्लबार, पुस १, २०७६
काठमाण्डाै ।

सर्वसाधारणको हस्ताक्षर कीर्ते गरेर बैंकबाट रकम चोर्ने गिरोहले डेढ दर्जन बैंकमा एक हजार तीन सयभन्दा बढी खाता खोलेको भेटिएको छ ।

बैंक तथा वित्तीय संस्थामा रहेका व्यक्तिका गोप्य विवरण र हस्ताक्षर चोर्ने समूहले काभ्रे, सिन्धुपाल्चोक, धादिङ, काठमाडौं, भक्तपुर, बागलुङ, पर्वतलगायत जिल्लाका सर्वसाधारणका नाममा शंकास्पद बैंक खाता खोलेको कान्तिपुरमा समाचार छ ।

जनता बैंक (हाल ग्लोबल आईएमईमा मर्ज) को बानेश्वर र न्युरोड शाखाबाट अपरिचित व्यक्तिले गोपालमान राजबहाकका नामबाट १९ लाख ९९ हजार रुपैयाँ चोरेका थिए । यही घटनाको अनुसन्धान गर्ने क्रममा विभिन्न १९ वटा बैंक तथा वित्तीय संस्थामा शंकास्पद खाता खोलिएको पत्ता लागेको हो ।

यीमध्ये ३३० खाताको पहिचान भए पनि अन्यको हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.