अन्तराष्ट्रिय

बलिउड अभिनेत्री पायल रोहगती जेल चलान

नेहरुविरुद्धमा रोहगतीले बनाएकाे आपत्तिजनक भिडियोले पुर्यायाे जेल
बलिउड अभिनेत्री पायल रोहतगी / स्राेतः ----
मङ्लबार, पुस १, २०७६, काठमाण्डाै । 

बलिउड अभिनेत्री पायल रोहतगीलाई जेल सजाय भएको छ । उनलाई कोर्टले २४ डिसेम्बरसम्म थुनामा राख्न फैसला सुनाएको हो। भारतीय पूर्व प्रधानमन्त्री जवाहरलाल नेहरु र उनका पिता मोतीलाल नेहरुविरुद्धमा रोहगतीले आपत्तिजनक भिडियो बनाएकी थिइन् । भिडियोलाई आधार मानेर उनलाई अहमदाबाद पुलिसले पक्राउ गरेको थियो ।

अभिनेत्री रोहगतीलाई कुनै जमानत मिल्न सकेन । उनको जमानत र्कोटले खारेज गरेर जेल सजाय सुनाइएको छ । रोहगतीले आफू पक्राउ परेको ट्वीटरमार्फत सार्वजनिक गरेकी थिइन् । ‘मलाई मोतीलाल नेहरुको विषयमा भिडियो बनाएकै कारण राजस्थान पुलिसले पक्राउ गरेको हो,’ सबै जानकारी गुगलबाट साभार गरेकी थिए, के अभिव्यक्त गर्न पाउनु ठट्टा हो? उनले लेखेकी थिइन् ।

यसका साथै उनका पंक्ति संग्रामले पनि भारतीय पिएम मोदीलाई ट्याग गर्दै कांग्रेस शासनमा स्वतन्त्रता छैन्? भन्दै ट्वीट गरेका छन्। रोहगतीका विरुद्धमा समाजसेवी र युथ कांग्रेस नेता चर्मेशले उजुरी गरेका हुन् । भिडियोमा भारतीय पूर्व पिएम लाल बहादुर शास्त्रीको निधनको विषयमा यस्ता भ्रामिक जानकारी छन् जसले विदेशी सम्बन्धमा नराम्रो असर पार्न सक्छ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

नयाँ मिडिया

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा मध्य तथा सुदुर पश्चिम केन्द्रित समाचार पोर्टल अपिखबर डटकम पनि सञ्चालनमा छ। साथै चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ मिडिया- अनलाइन रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि अर्काइभका रूपमा रहन्छन ।

View more articles by: नयाँ मिडिया

नयाँ मिडिया

मङ्लबार, असार २९, २०७८ (July 13, 2021, 8:21 am) मा द्वारा अदालत / कानुन अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै