Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 2, 2026
शनिबार, बैशाख १९, २०८३

गुण्डागर्दीमा संलग्न काठमाडौंबाट २ जना पक्राउ

कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइयाे

User Photo सोमवार, पुस ७, २०७६
काठमाण्डाै ।

गुण्डागर्दीमा संलग्न रहेको अभियोगमा काठमाडौंबाट २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कोटेश्वर बस्ने नवलपुर देउचुली नगरपालिका-१३ घर भएका ४४ वर्षीय दुर्गा भन्ने देवान राई र काठमाडौं गोठाटार बस्ने काभ्रे नमोबुद्ध नगरपालिका-५ घर भएका ४२ वर्षीय बिष्णु बहादुर धिताल रहेका छन् । राईलाई शुक्रवार साँझ र धिताललाई शनिबार दिउँसो पक्राउ परेका हुन् ।

काठमाडौ उपत्यकामा सर्वसाधारण तथा ब्यापारीहरुलाई फोन मार्फत धम्काई रकम माग गरी दु:ख दिने र नदिएमा हातहतियार देखाई ज्यान मार्ने तथा हात खुट्टा भाँचिदिने धाकधम्की दिई त्रास पैदा गर्ने कार्यमा संलग्न रहेको आरोपमा दुवै जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महानगरीय अपराध नियन्त्रण महाशाखाले जनाएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.