Naya Media
मङ्लबार, भदौ २३, २०८३
| | September 7, 2026
मङ्लबार, भदौ २३, २०८३

निर्मला पन्तकाे हत्यारालाई सरकारले त्यसै छाड्दैन- संचारमन्त्री बास्कोटा

नेकपामा पूर्वएमाले र पूर्वमाआवादी इतिहास भइसक्यो

User Photo मङ्लबार, पुस १५, २०७६
काठमाण्डाै ।

संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले नेकपामा अब कोही पनि पूर्वको नरहेको बताएका छन् । सभामुखमा पूर्वमाओवादीले दाबी गरिरहेको सन्दर्भमा मन्त्री बास्कोटाले नेकपामा अब पूर्वका कोही नरहेको बताए ।

कञ्चनपुरमा पत्रकारहरूसँग कुरा गर्दै सरकारका प्रवक्ता तथा नेकपा नेता बास्कोटाले भने, ‘नेकपामा अब पूर्व–पश्चिम छैन । पूर्वएमाले र पूर्वमाआवादी अब इतिहास भइसक्यो । पार्टीले उपयुक्त निर्णय गर्छ र सभामुख चयन हुन्छ ।’

मन्त्री बास्कोटाले सभामुख नेकपाकै नेता हुने भन्दै यस विषयमा मुख्य नेताहरूबीच सम्भवतः सहमति भइसकेकेको बताए । बास्कोटाले साइबर अपराध गर्न पल्केकाहरूले सूचना प्रविधि विधेयकको विरोध गरेको भन्दै नयाँ बन्ने कानुनबाट सामाजिक सञ्जालको सदुपयोग गर्नेहरूलाई कुनै असर नपर्ने बरु थप सुरक्षा हुने बताए ।

फरक प्रसंगमा मन्त्री बास्कोटाले कालापानी, लिपुलेक मात्रै नभई लिम्पियाधुरा पनि नेपालकै भूमि भएको बताए । उनले भारतले कालापानी लिपुलेकमा दाबी गरे पनि लिम्पियाधुरासम्म नेपालकै भएको बताए ।

उनले यस विषयमा भारत सरकारलाई पत्र पठाइएको र त्यसको सकारात्मक जवाफ आएको बताउँदै आफूहरूले ब्रिटिसकालीन सन्दर्भ सामग्रीलाई तथ्य बनाउनुपर्ने माग राखेको बताए ।

त्यसैगरी, कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरण सरकारले त्यसै नछाड्ने मन्त्री बास्कोटाले बताए । विभिन्न कोणबाट अनुसन्धान भइरहेको बताउँदै उनले घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याएर छाड्ने जानकारी दिए ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.