Naya Media
सोमवार, असार २९, २०८३
| | July 13, 2026
सोमवार, असार २९, २०८३

दुई बुहारी मिलेर सासूको हत्या

User Photo मङ्लबार, पुस २२, २०७६
काठमाण्डाै ।

गुल्मी । गुल्मीको इस्मा गाउँपालिका–३ सिमपानीमा दुईजना बुहारी मिलेर सासूको हत्या गरेका छन् ।

७६ वर्षीया कौशिला विकको हत्या उनका दुई बुहारी देवी र लक्ष्मी मिलेर गरेका जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मिनबहादुर घलेले जानकारी दिए । उनीहरुले सुनका गहना लुट्ने योजनाका साथ सासूको हत्या गरेको डीएसपी घलेको भनाइ छ ।

पुस १७ गते गोरु फुकेको भन्दै कौशिलालाई गोठमा लगी दाउराले हानेर बेहोस बनाइ नाक र कानमा लगाएका गहना लुटेको प्रहरीको दाबी छ । तर, उनीहरुले गोरुले हानेर सासू घाइते भएको नाटक गरी छिमेकीलाई खबर गरेर उपचारका लागि गुल्मी अस्पताल पुर्‍‍याएका थिए ।

गम्भीर घाइते भएकी कौशिलालाई तम्घासमा उपचार सम्भव नभएपछि बुटलस्थित प्रादेशिक अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको यही पुस १९ गते मृत्यु भयो ।

मृतक कौशिलाको टाउकोमा लागेको चोट हेर्दा गोरुले हानेको जस्तो नदेखेपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानका क्रममा दुई बुहारी मिलेर हत्या गरेको पुष्टि भएको डीएसपी घलेले बताए ।

श्रीमान विदेशमा रहेकाले बुहारी देवी सासूसँगै बस्दै आएकी थिइन् । घटना हुने बेला मृतक कौशिलाका श्रीमान भने मासु लिन गएका थिए । त्यही मौका छोपी देवी र लक्ष्मीले सासूलाई गोठमा लगेर दाउराले हानेर बेहोस बनाएर गहना लुटेका थिए ।

दुवै जनालाई जिल्ला प्रहरी कार्यालय गुल्मीले हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको जनाएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.