Naya Media
सोमवार, जेष्ठ ११, २०८३
| | May 25, 2026
सोमवार, जेष्ठ ११, २०८३

चालक पृथ्वीलाई ३ देखि १० वर्षसम्म सजाय माग

User Photo बुधबार, पुस २३, २०७६
काठमाण्डाै ।

काठमाडौँ । पैदलयात्रुको ज्यान जाने गरी गत मङ्सिर २८ गते बूढानिलकण्ठमा भएको कार दुर्घटनाका मुख्य प्रतिवादी पृथ्वी मल्लविरुद्ध काठमाडौँ जिल्ला अदालतमा दायर गरेको अभियोगपत्रमा ३ देखि १० वर्षको सजाय माग गरिएको छ ।

मल्ललाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१ को उपदफा (२) बमोजिमको कसूर अपराधमा सोही ऐनको दफा १६१ को उपदफा (२) बमोजिम सजाय हुने माग दाबी गरिएको हो ।

मल्लले मादक पदार्थ सेवन गरी चलाएको कारले सडकको पेटीमा हिँडिरहेकी पैदलयात्रु लिला देवकोटाको मृत्यु भएको थियो ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१ अनुसार ‘मार्न सक्छ भन्ने अवस्था देखिँदा देखिँदै पनि अपनाउनु पर्ने सतर्कता नअपनाई कसैले लापरवाही गरी कुनै सवारी चलाएबाट कुनै मानिसलाई किची, ठक्कर लागि वा कुनै किसिमले सवारी दुर्घटना भई सवारीमा रहेको वा सवारी बाहिर जुनसुकै ठाउँमा रहे बसेको मानिस त्यस्तो दुर्घटनाको कारणबाट तत्कालै वा सोही चोटको परिणाम स्वरुप २१ दिनभित्र मरेमा त्यसरी सवारी चलाउने व्यक्तिलाई कसूरको मात्रा अनुसार तीन वर्षदेखि १० वर्षसम्म कैद र ३० हजार रुपैयाँ देखि १ लाख रुपैयाँसम्म जरिवाना हुने’ व्यवस्था रहेको छ ।

पृथ्वीका पिता मदन कुमार मल्ले पीडित परिवारलाई किरीया खर्च क्षतिपुर्ती बीमा बापतको साढे ५ लाख रुपैयाँ बुझाएको पनि अभियोग पत्रमा उल्लेख गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ मार्फत मृतकका श्रीमान् रामकुमार देवकोटाले उक्त रकम बुझेको पत्रमा उल्लेख छ ।

अभियोगपत्रमा अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१ बमोजिम कसूरदारबाट पीडित राहतकोषमा क्षतिपूर्ति शुल्क जम्मा गराउन पनि माग गरिएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.