Naya Media
बिहिबार, बैशाख ३, २०८३
| | April 16, 2026
बिहिबार, बैशाख ३, २०८३

गायिका आस्था राउतविरुद्ध औपचारिक रुपमै उजुरी दर्ता

गायिका राउतमाथि कारवाही प्रकृया अगाडि बढाउन निर्देशन

User Photo आइतवार, माघ ५, २०७६
काठमाण्डाै ।

गायिका आस्था राउतविरुद्ध अभद्र व्यवहारको कसुरमा महानगरीय प्रहरी परिसर काठमाडौंमा औपचारिक रुपमा उजुरी दर्ता भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तैनाथ प्रहरी जवान रमिता श्रेष्ठले गत बिहीबार राउतले आफूमाथि ड्युटीमा रहेको बखत ‘गालीगलौज’ र ‘अभद्र व्यवहार’ गरेको महानगरीय विमानस्थल सुरक्षा प्रहरी कार्यालय, गौचरमा उजुरी दिएकी थिइन् ।

महानगरीय विमानस्थल सुरक्षा प्रहरी कार्यालयले जवान श्रेष्ठको उजुरी र सो घटनाको सीसीटीभी फुटेज महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरी पठाएको थियो।

प्रहरी आयुक्तको कार्यालयले सीसीटीभी फुटेज र जवान श्रेष्ठको उजुरीलाई आधार मान्दै काठमाडौं परिसरलाई औपचारिक रुपमा उजुरी दर्ता गरेर गायिका राउतमाथि कारवाही प्रकृया अगाडि बढाउन निर्देशन दिएको हो। आयुक्त कार्यालयको निर्देशन पछि परिसरमा औपचारिक रुपमा उजुरी दर्ता भएको परिसरका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले बताए।

अभद्र व्यवहारको मुद्दा स्थानीय प्रशासनबाट कारबाही हुन्छ। महानगरीय प्रहरी परिसर काठमाडौंले आइतबार नै जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरेर गायिका राउतलाई अनुसन्धानका लागि झिकाउने प्रकृया अगाडि बढाउन लागेको हो।

मुलुकी अपराध संहिता ऐन २०७४को दफा ११८ अनुसार कसैले सार्वजनिक स्थान वा प्रवेश गर्न कानुनी अधिकार नभएको ठाउँमा प्रवेश गरी कसैलाई अभद्र व्यवहार गर्न वा सार्वजनिक स्थानमा महिला, बालबालिका वा शारीरिक रुपमा अशक्त व्यक्तिलाई हातपात वा हैरानी गर्न वा त्यसको उद्योग गर्न हुँदैन। त्यस्तो कसुर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।

विमानस्थलमा सुरक्षा जाँचका क्रममा राउत र प्रहरी जवानबीच केही ‘वादविवाद’ भइरहेको सीसीटिभी फुटेजमा देखिन्छ। उक्त विवादपछि राउतले फेसबुकबाट प्रहरीलाई गाली गर्दै आक्रोश पोखेपछि घटनाले ठूलो रुप लिएको हो।

बिहीबार नै प्रहरी प्रधान कार्यालयले विमानस्थलबाट राउत र प्रहरी जवानबीच भएको विवादको सीसीटिभी फुटेजसमेत झिकाएर कसुर गर्नेमाथि कारबाही गर्न महानगरीय प्रहरी कार्यालयलाई निर्देशन दिएको थियो।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.