Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 2, 2026
शनिबार, बैशाख १९, २०८३

अवैध क्रसर जोगाउन कांग्रेस नेताको अध्यक्षतामा तदर्थ समिति, पूर्वमन्त्री सल्लाहकार

अवैध क्रसरलाई राजनीतिक दलबाट संरक्षण

User Photo मङ्लबार, माघ ७, २०७६
काठमाण्डाै ।

अवैध क्रसरलाई राजनीतिक दलबाट संरक्षण भइरहेको देखिन थालेकाे छ । प्रदेश २ सरकारले अवैध रूपमा सञ्चालित क्रसरमाथि कडाइ सुरु गरेपछि व्यवसायीले त्यसविरुद्ध राजनीतिक शक्ति परिचालन गर्न थालेकाछन । अवैध क्रसर निरन्तर सञ्चालनका लागि उनीहरूले प्रदेश सरकारलाई दबाव दिन थालेको आजकाे कान्तिपुरमा समाचारमा छ ।

प्रदेश सरकारलाई दबाव दिन अवैध क्रसर व्यवसायीको तदर्थ समिति नै गठन गरिएको छ । समितिको नेतृत्व महोत्तरीका क्रसर सञ्चालक प्रह्लाद क्षेत्रीले गरेका छन् । उनी कांग्रेसको तर्फबाट बर्दिबास नगरपालिकाको मेयर र पछि प्रदेशसभा सदस्यमा पनि उम्मेदवार बनेका थिए । उनको बर्दिबास र भंगाहामा क्रसर उद्योग छ ।

यति मात्रै होइन, क्रसर व्यवसायी तदर्थ समितिको सल्लाहकारमा सर्लाहीका शम्भुलाल श्रेष्ठलाई पनि राखिएको छ । कांग्रेस छाडेर तत्कालीन माओवादी केन्द्रमा प्रवेश गरी ०७० को संविधानसभा निर्वाचनमा निर्वाचित श्रेष्ठ ०७४ मा माओवादीबाट टिकट नपाएपछि पुनः कांग्रेस फर्केका थिए । यिनै श्रेष्ठ अहिले अवैध क्रसर सञ्चालकको संस्थामा बसेका छन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.