Naya Media
शुक्रबार, जेष्ठ ९, २०८२
| | May 23, 2025
शुक्रबार, जेष्ठ ९, २०८२
Advertisement

आत्मसमर्पण गरेकी आस्था राउतलाई ४ दिन हिरासतमा राख्न अनुमति

कानूनी प्रक्रिया पूरा गर्न म्याद थप गर्नुपरेको प्रहरीकाे दाबी

User Photo
सोमवार, माघ १३, २०७६
काठमाण्डाै ।

गायिका आस्था राउतलाई ४ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले राउतलाई थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएका हुन् ।

जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंका सहायक जिल्ला न्यायाधीवक्ता नुमराज खनालले अभद्र व्यवहार सम्बन्धी कसूरमा राउतविरूद्ध म्याद थप गरिएको पुष्टि गरे ।


advertisement

उनले भने, ‘जिल्ला प्रशासन कार्यालयबाट म्याद थप भएको छ । अब अन्य कानूनी प्रक्रिया सुरु हुन्छ ।’ काठमाडौं प्रहरी परिसर, टेकुले जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमार्फत म्याद थपका लागि जिल्ला प्रशासन कार्यालयमा अनुरोध गरेको थियो ।

राउतले सोमबार बिहान मात्रै प्रहरीसमक्ष आत्मसमर्पण गरेकी थिइन् । यसअघि १ माघमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा प्रहरी जवान रमिता श्रेष्ठसँग राउतको भनाभन भएको थियो । सिक्किममा आयोजित कार्यक्रममा सहभागी हुन जाने क्रममा भएको घटनापछि राउतले फेसबुक लाइभ गर्दै प्रहरीलाई गाली गरेकी थिइन् ।

त्यसपछि यो प्रकरण बाहिर आएको थियो ।

राउतको भिडियो भाइरल भएपछि प्रहरी जवान श्रेष्ठले किटानी जोही दिएकी थिइन् भने चार दिनपछि उनीविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो ।

सामान्य विवादमा पक्राउ पूर्जी जारी गरेको भन्दै प्रहरीको आलोचना समेत भएको थियो । त्यसपछि केही लचक बन्ने संकेत प्रहरीले दिएको थियो ।

तर, कानूनी प्रक्रिया पूरा गर्नुपर्ने भएकाले म्याद थप गर्नुपरेको प्रहरी दाबी छ ।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

[jetpack_subscription_form title="" subscribe_text="Enter your email to receive new posts." subscribe_button="Subscribe"]

सम्बन्धित समाचार


सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2025 Active Press Pvt.Ltd. All Rights Reserved.