Naya Media
सोमवार, जेष्ठ ११, २०८३
| | May 24, 2026
सोमवार, जेष्ठ ११, २०८३

पाथीभराको ३१७ रोपनी जग्गा सित्तैमा ८० वर्षका लागी यतीलाई

सगरमाथा निकुञ्जको ५० रोपनी जग्गा गैरकानूनी रूपमा यती द्वारा नै कब्जा

User Photo मङ्लबार, माघ १४, २०७६
काठमाण्डाै ।

पाथीभराको ३१७ रोपनी जग्गा सित्तैमा ८० वर्षसम्म यतीलाई दिइने भएकाे छ । समाचार अनुसार, सोलुखुम्बुको सगरमाथा निकुञ्जको ५० रोपनी जग्गा गैरकानूनी रूपमा कब्जा गरेको यती समूहले राजनीतिक प्रभावका आधारमा पूर्व पाथीभराको तीन सय १७ रोपनी सरकारी जग्गा पनि ८० वर्षका लागि सित्तैमा लिएकाे हाे । याे समाचार आजकाे नयाँ पत्रिकामा प्रकाशित छ ।

यसअघि गोकर्ण रिसोर्ट, दरबारमार्गलगायत स्थानका जग्गा पनि सरकारले यती समूहलाई कौडीको भाउमा दिएको खुलासा भएको थियो ।

केपी ओली ०५१ मा गृहमन्त्री हुँदा पिए बनेका पुष्प बरुवाल ताप्लेजुङको पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष छन् । यती समूहको लगानीमा पाथीभरामा बन्न लागेको केबलकारको सञ्चालक पनि उनै बरुवाल हुन् । केबलकार चलाउन सो कम्पनीले सरकारको ३१७ रोपनी जग्गा ८० वर्षका लागि सित्तैमा लिएको छ ।’

पाथीभराको सरकारी जग्गा सित्तैमा लिएर केबलकार सञ्चालन गर्न पाउने भएपछि यती समूहका तत्कालीन प्रबन्ध निर्देशक आङ्छिरिङ शेर्पाले गत वर्ष १५ फागुनमा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई पाथीभरा दर्शनमा लगेका थिए ।

पर्यटनमन्त्रीलाई केबलकार सञ्चालन गर्ने क्षेत्र देखाउने इच्छा शेर्पाको थियो । तर, दुर्भाग्यवश होलिकप्टर दुर्घटनामा उनीहरूको सोही क्षेत्रमा निधन भएको थियो ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.