Naya Media
सोमवार, जेष्ठ ११, २०८३
| | May 25, 2026
सोमवार, जेष्ठ ११, २०८३

दिलिप हत्याको आरोपमा ३ जना जेल चलान, ३ जना रिहा

हत्यामा संलग्नता नदेखिएकाले सामान्य तारेखमा रिहा

User Photo शुक्रबार, फाल्गुन २, २०७६
काठमाण्डाै ।

धनुषाको ढल्केवर स्थित औरही खोलामा बालुवा गिट्टी उत्खनन् रोक्न गएका ओमप्रकाश उर्फ दिलीपकुमार महतोलाई योजनावद्धरुपमा टिपरले किचेर हत्या गरेको आरोपमा ३ जनालाई पूर्वपक्षका लागि जलेश्वरस्थित कारागार चलान गरेको छ भने ३ जना आरोपीलाई धरौटीमा रिहा गरेको छ ।

धनुषा जिल्ला आदलतको आदेशमा टिपर चालक मुनिन्द्र महतो, लोडर चालक रञ्जित भनिने जितेन्द्र महतो र क्रसर सञ्चालक विपीन महतोलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएपछि जेल चलान गरिएको हो ।

पक्राउ परेका मध्येका दिलीपसँगै खोलामा गएका साथी रोशनकुमार यादव, घटनामा संलग्नता देखिएका सत्यनारायण महतो र शत्रुधन महतो प्रति २५ हजार रुपैया धरौटी बुझाएर साधारण तारेखमा रिहा गरिएको छ ।

धनुषा जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले दिलिपकुमार महतोको हत्यामा क्रसर संचालक विपीन महतो, टिपर चालक मुनिन्द्र महतो र सह चालक जितेन्द्र महतोको संलग्नताको आधार, प्रमाण देखिएकाले थुनछेक प्रयोजनका लागि थुनामा राख्ने आदेश दिएको छ ।

घर नजिक रहेको औरही खोलामा भइरहेको अवैध गिट्टी बालुवा उत्खनन रोक्न गएको बेला टिपरले किचेर धनुषाको मिथिला नगरपालिका वडा नम्बर ५ स्थित श्रीपुरका २४ वर्षीय युवक दिलीप कुमार महतोको हत्या भएको थियो ।

खोला उत्खनन भइरहेको जानकारी पाएपछि गएको २५ पुसको बिहान दिलीपकुमार महतो र उनका साथी रोशनकुमार यादवसँगै खोलामा गएका थिए । यता साथी रोशनकुमार यादवको भने हत्यामा संलग्नता नदेखिएकाले अदालतले सामान्य तारेखमा रिहा गरेका छन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.