प्रधानमन्त्री केपी शर्मा ओलीको साइटमा पोर्न भिडियो कहाँबाट कसले अपलोड गर्यो भन्ने खुल्न सकेको छैन । केपीशर्माओली टडकममा अश्लील सामग्री राखिएकोबारे सरकारले अनुसन्धान तीव्र बनाएको छ ।
‘कसरी भयो प्रधानमन्त्रीको डोमेन दुरुपयोग ?’ शीर्षकमा अन्नपूर्णले समाचार लेखेको छ । सुरुमा प्रधानमन्त्री ओलीको व्यक्तिगत जानकारी समेटिएको बेवसाइट लामो समयदेखि दुरुपयोग भएको पाइएको छ । सरकारले दुई वर्षअघि पोर्न साइटलाई प्रतिबन्ध लगाएको थियो । प्रधानमन्त्रीकै नामको डोमेनमा भने सयौं पोर्न भिडियो अपलोड भएका छन् ।
